जेठ १, काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुख पदका लागि भइरहेको मत गणनामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहालले अहिले मात्र दुई मतले अग्रता लिइरहेकी छन्।
साँझ सात बजेसम्मको मत परिणाम अनुसार उनले २ हजार ४२५ मत पाएकी छन् भने निकटतम नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत पाएका छन् ।
भरतपुर महानगरमा दुवै उम्मेदवारको रोचक प्रतिस्पर्धा रहेको छ । उता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ७९५ मत पाएका छन् । उक्त महानगरको उपमेयरमा पनि गठबन्धनकै धेरै मत आएको छ। उपमेयरको उम्मेदवारमा गठबन्धनबाट चित्रसेन अधिकारीले २ हजार ५५२ मत ल्याएका छन् ।