भरतपुर महानगरपालिकामा पुनः रेनुको अग्रता

भरतपुर महानगरपालिकामा ८०८५ मतपत्र  गणना सकिएको छ । गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल २९१८ मत ल्याएर अर्का उम्मेदवार एमालेका विजय सुवेदी भन्दा ३ मतले पुनः अग्रता लिएकी छन् ।  सुवेदीले २९१५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका  चित्रसेन अधिकारी ३१९६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २३१६ मत पाएकी छन् ।  

सम्बन्धित सामग्री

भरतपुरमा अग्रता फराकिलो बनाउँदै रेनु, ११ हजार बढीको अग्रता

चितवन- चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजारबढी मतले अग्रता बनाएकी छन् । उनले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ११ हजार १० मतले अग्रता कायम गरेकी हुन् । रेनुले ४६ हजार २५५ मत प्राप्त गरेकी […]

अपडेटः अग्रता बढाउँदै रेनु, उपमेयरमा चित्रसेनको लगातार अग्रता

भरतपुर महानगरपालिका गठबन्धनका दुबै उम्मेदवारले अग्रता बनाएका छन्  । माओवादी केन्द्रबाट मेयर उम्मेदवार रेनु दाहालले पछिल्लो समय अग्रता बढाउँदै लगेकी छन् भने काँग्रेसबाट उपमेयर उम्मेदवार रहेका चित्रसेन अधिकारीले निरन्तर अग्रता बनाइरहेका छन् । बिहीबार बिहान १० बजेको मत परिणामअनुसार रेनुले  ३,०५७  मतको अग्रता बनाएकी छन् । ३९,९६१ गणना गर्दा गर्दा मेयरमा दाहालले १५,१३४ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १२,०७७ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडे

भरतपुर महानगरपालिका : अग्रता बढाउँदै रेनु, साढे १४ सय मतले अगाडि

हेटौंडा : चितवनको भरतपुर नगरपालिकामा २६ हजार ४२६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहालले ९ हजार ५४२ मत प्राप्त गरेकी छिन्। नेकपा एमालेका विजय सुवेदीले आठ हजार ८७ प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ३१५ मत ल्याएका छन्।रेनु विजयभन्दा एक हजार ४५५ मतले अगाडि छिन्।उपमेयरतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ३८२ मत ल्याएका छन्। राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ५९३ मत पाएकी छिन्।

भरतपुर महानगरपालिका : रेनुको फराकिलो अग्रता, विजय १३ सय ३४ मतले पछि

हेटौंडा : चितवनको भरतपुर नगरपालिकामा २६ हजार २६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहाल १३ सय ३४ मतान्तरले अघि रहेकी छिन्।नेकपा एमालेका विजय सुवेदीले आठ हजार १९ प्राप्त गर्दा दाहालले नौ हजार ३६३ पाएकी छिन्।यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार १९१ मत ल्याएका छन्।उपमेयरतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार १३६ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार हिमला गुरुङले ६ हजार ५३५ मत पाएकी छिन्।

भरतपुर–१ मा कांग्रेसका महर्जन विजयी

भरतपुर, १ जेठ । भरतपुर महानगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका छन् । ३२७७ मतगणना हुँदा उनले १३९७ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका शुक्रकुमार श्रेष्ठले १३१३ मत प्राप्त गरेका छन् । मेयरमा रेनु दाहाल १२१ मतसहित अग्रता लिइरहेकी छिन् । उनका प्रतिद्धन्द्धी विजय सुवेदीले १०८७ मत प्राप्त गरेका […]

भरतपुर महानगरपालिका : एक सयभन्दा बढी मतले रेनुको अग्रता

हेटौंडा : भरतपुर महानगरमा पाँचदलीय गगठबन्धनबाट माओवादी केन्द्रकी उम्मेवार रेनु दाहाल प्रतिद्वन्द्वीभन्दा १०० भन्दा बढी मतले अगाडि छिन्।जारी मतगणनाको पछिल्लो परिणाम अनुसार तीन हजार १६८ मत गन्दा एक हजार १७८ मतसहित दाहालले अग्रता लिएकी हुन्। एमालेका उम्मेदवार विजय सुवेदीले एक हजार ६८ मत प्राप्त गरेका छन्। यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत ल्याएका छन्।

भरतपुर महानगर अपडेट : विजयले पुनः लिए अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले पुनः अग्रता लिएका छन् । भरतपुर महानगरपालिका वडा नं. १ को ४०० मत मत गणना गर्दा सुवेदीले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई उछिनेका हुन् । सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याइन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८० मत ल्याएका छन् भने […]

भरतपुरमा विजयलाई पछि पार्दै रेनुकाे अग्रता

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिनुभएकाे छ ।  भरतपुर महानगरपालिका १ मा ३ सय ५० मत गन्दा रेनु दाहालले १ सय ३३ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार विजय सुवेदी १ सय २७ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ सय ६३ र राप्रपाकी हिमला गुरुङले ९१ मत प्राप्त गर्नुभएकाे छ ।

भरतपुर महानगर अपडेट : रेनुले लिइन् अग्रता

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । अहिले भरतपुर महानगरपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ । अहिलेसम्म तीन सय मतगणना भएको छ । जसमध्ये दाहालले ११६ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले दाहाललाई पछ्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने ३५ मत प्राप्त गरेका […]

भरतपुरमा एमालेका विजय सुबेदीकाे अग्रता

चितवन- भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् । मेयरमा विजय सुवेदी (एमाले) : ६६ रेनु दाहाल (माओवादी) : ५१ जगन्नाथ पौडेल (स्वतन्त्र) : १३ उपमेयरमा चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७ हिमला गुरुङ्ग (राप्रपा) : ४५ वडा अध्यक्षमा शुक्र श्रेष्ठ (एमाले) : […]