आईपीओ निष्काशनको तयारीमा हिमालयन टाइम्स, डाक्यो साधारण सभाव

काठमाडौं, ९ असोज। हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ। सभा असोज २७ गते डुसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ।त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ।त्यस्तै,बोनस सेयर वितरणको प्रस्ताव पनि पेश हुनेछ।

सम्बन्धित सामग्री

प्रिमियम मूल्यसहित एफपीओ जारी गर्न हिमालयन बैंकलाई बाटो खुल्यो

काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई प्रिमियम मूल्यसमेत थप गरी थप सार्वजनिक निष्कासन (एफपीओ) को बाटो खुला भएको छ । बैंकले पुस २९ गते ३१औं वार्षिक साधारण सभा गरी एफपीओ निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको हो ।  बैंकले कुल शेयर पूँजीमा सर्वसाधारणतर्फको अनुपात ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागेको बताएको छ । हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ छ । सोही पूँजीको २ दशमलव ९९ प्रतिशत एफपीओ बैंकले प्रिमियममा विक्री गर्ने तयारी गरेको हो । हाल धितोपत्र दोस्रो बजारमा बैंकको शेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारले केही गति लिई अघि बढेको अवस्था छ । बढ्दो बजारमा कम्पनीको शेयर मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने हुँदा सार्वजनिक निष्कासनका धितोपत्र खरीदमा पनि बढी नै आकर्षण देखिन्छ ।  लगानीकर्ताले धितोपत्रमा पनि विविधता खोजिरहेको अवस्थामा हिमालयन बैंकको एफपीओलाई सकारात्मक रूपमा लिने देखिन्छ । खराब कम्पनीहरूलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएको गुनासो आइरहेको अवस्थामा हिमालयन बैंकको एफपीओलाई नियामकले कुन रूपमा हेर्लान् त्यो भने आम चासोको विषय छ । यस वर्ष लगानीकर्ताको हात खाली बनाएको बैंकले विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको थियो । गत वर्ष भने बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । बैंकको ३१औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट प्रचण्ड बहादुर श्रेष्ठसँगै फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा, प्रताप जंग पाण्डे र सर्वसाधारण शेयरनीको तर्फबाट आशिष शर्मालाई निर्विरोध निर्वाचित गरेको थियो । निर्वाचित सञ्चालक समितिको साधारण सभा सम्पन्न भएकै दिन बसेको बैठकले प्रचण्ड बहादुर श्रेष्ठलाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी थपिँदै, कुन कम्पनीले पाउँछन् यो सुविधा ?

काठमाडौं । पछिल्लो समय प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्न थालेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियममा आईपीओ निष्कासन गर्न स्वीकृति दिन थालेपछि कतिपय निजी क्षेत्रका कम्पनीले साधारण सभाबाट उक्त प्रस्ताव पारित गराएर आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएका छन् । कतिपयले भने साधारण सभामा प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव राख्ने भएका छन् ।   प्रिमियममा शेयर निष्कासन गर्न अनुमति पाएका सबै कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेर प्रिमियम मूल्यभन्दा पनि उच्च मूल्यमा दोस्रो बजारमा कारोबारमा आइसकेका छन् । दोस्रो बजारमा उच्च मूल्यमा कारोबार भएपछि अहिले स्थापित कम्पनी पनि प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न उत्साहित भएको देखिन्छ ।  शिवम् होल्डिङ्ग्स लिमिटेड प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरिसकेको छ । कम्पनीले १६ लाख कित्ता साधारण शेयर प्रिमियम मूल्यमा निष्कासन गर्ने तयारी गरेको हो । त्यस्तै जगदम्बा क्रेडिट इन्भेष्टमेन्ट लिमिटेडले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न यही पुस २८ गते साधारण सभा आयोजना गरेको छ । त्यस्तै जगदम्बा स्टिल्स र ह्याम्स अस्पताल पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा छन् । यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिइसकेका छन् । जगदम्बा स्टिल्सले अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ ।  त्यसैगरी ह्याम्स अस्पतालले अंकित मूल्यमा १ सय ८८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  चालू आर्थिक वर्ष (आव)मा सेबोनले सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र हिमालनयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिइसकेको छ । सोनापुर मिनरल्सको शेयर कारोबार धितोपत्रको दोस्रो बजारमा आइसकेको छ भने हिमालयन रिइन्स्योरेन्सको शेयर सूचीकृत प्रक्रियामा छ ।  त्यस्तै सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाइसकेको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा बाँडफाँट गरेर दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्ने सेबोनबाट अनुमति पाइसकेको छ । यस कम्पनीले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्न लागेको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आईपीओ जारी गर्न लागेको हो ।  सोनापुर मिनरल्सको शेयर मूल्य बुधवार प्रतिकित्ता रू.४८२ दशमलव ९० कायम भएको छ । यस कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।  गत आवमा घोराही सिमेन्ट इन्डष्ट्रिज, भगवती हाइड्रोपावर डेभलपमेन्ट कं. लिमिटेड, मान्डु हाइड्रोपावर, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडलाई प्रिमियममा शेयर निष्कासन गर्न सेबोनले अनुमति दिएको थियो ।  पछिल्लो समय सेबोनले प्रिमियममा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको कम्पनीको बारेमा संसदको लेखा समितिमा कुरा उठेको थियो । समितिमा कतिपय सांसदले वित्तीय विवरण राम्रो नभएका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिएको आरोप लगाएका थिए ।  त्यसपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाउँछन् भने प्रश्न उठाउन थालेका छन् ।  कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न पाउँछन् ? धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले लगातार तीन आवसम्म नाफामा रहेको प्रतिशेयर नेटवर्थ प्रतिशेयर अंकित मूल्यभन्दा बढी रहेका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था छ । ‘प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, संगठित संस्थाको प्रतिशेयर चुक्ता पूँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको हुनपर्नेछ,’ धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भनिएको छ, ‘संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको, संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाभन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन, निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारणसम्बन्धी व्यवस्था पालना गरेको र संगठित संस्थाले कम्तिमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।’ कसरी हुन्छ प्रिमियममा मूल्य निर्धारण ? धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन वा विक्री प्रस्तावमार्फत निष्कासन गर्न चाहने संगठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तरराष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले गरेको छ । यसरी कायम भएको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

हिमालयन टाइम्स मिडियाले आईपीओ जारी गर्ने

काठमाडौं । हिमालयन टाइम्स मिडियाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव गर्दै असोज २७ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव सभामार्फत पारित गर्ने निर्णय गरेको हो । सभा म्गकष्त एचष्लअभकक होटल लाजिम्पाट ,काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । सभाले आईपीओ निष्कासन प्रस्तावसँगै बोनस शेयर जारी गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय पनि सभाले पारित गर्नेछ । सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । मिडिया क्षेत्रको तेस्रो कम्पनीको रुपमा यो कम्पनीले आईपीओ निष्कासनको तयारी गरेको हो । यस अघि नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासन गरि दोस्रो बजारमा कारोबार सुरू भैसकेको छ । त्यस्तै कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले पनि प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव गत चैत १७ गते सम्पन्न विशेष साधारण सभामार्फत पारित गरिसकेको छ ।

हिमालयन रिइन्स्योरेन्सको विशेष साधारण सभा जेठ २७ गते

जेठ १२, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा जेठ २७ गते हुने भएको छ । सभा होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो । सभाले सर्वसाधारणको लागि प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने रहेको छ ।