हिमालयन रि- इन्स्योरेन्सको पहिलो साधारण सभा कात्तिक २६ गते, आईपीओ निष्कासन गर्ने प्रस्ताव

कात्तिक ४, काठमाडौं । हिमालयन रि - इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा कात्तिक २६ गते बोलाएको छ । कम्पनीले काबु बाहिरको परिस्थितिका कारणले गर्दा कात्तिक १२ गते गर्ने भनिएको सभा  सारेर कात्तिक २६ गते बोलाएको हो । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५ बजे हुनेछ । सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले सञ्चालकहरुको निर्वाचन गर्ने,स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।   

सम्बन्धित सामग्री

५ लघुबीमा कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा

काठमाडौं । लघुबीमा व्यवसाय गर्न स्थापना भएका लघुविमा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी थालेका छन् । सञ्चालनमा रहेका सात लघुबीमा कम्पनीमध्ये ५ ओटाले आईपीओ निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट धमाधम पारित गरेका छन् ।  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले फागुन २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका हुन् ।  त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले फागुन १६ गते र नेपाल माइक्रो इन्स्योरेन्सले फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका हुन् ।  ट्रष्ट माइक्रो इन्स्योरेन्सले भने गत आर्थिक वर्षको साधारण सभा बोलाएको छैन ।  नेपाल बीमा प्राधिकरणले सातओटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेको थियो । प्राधिकरणले तीन लघुजीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । लघु जीवनबीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइत्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमाको लाइसेन्स पाएका थिए । त्यस्तै, लघु निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।

पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने, चैत ७ मा साधारण सभा

काठमाडौं । पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव पारितका लागि चैत ७ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन्समा उक्त दिन दिउँसो साढे २ बजे शुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्नेसहित कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारितका लागि सभामा पेस गरिनेछ ।  त्यस्तै कम्पनीले निर्माण गर्ने आयोजनाको लागि कर्जा सुविधा प्राप्त गर्ने प्रस्ताव पनि सभामा पेस गरिने बताइएको छ ।   गत आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक वित्तीय विवरण पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारितका लागि सभामा पेस गरिनेछ ।

अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, साधारण सभा फागुन २३ मा

काठमाडौं । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।   आईपीओ निष्कासनलगायत प्रस्ताव पारित गर्न कम्पनीले फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।  उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।   त्यस्तै सभाले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्तावसमेत पारित गर्नेछ ।    त्यस्तै सभाले कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी जारी गर्ने र गत आवको विभिन्न वित्तीय प्रतिवेदन पारित गर्नेछ ।

सिभिल हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा फागुन २८ मा

काठमाडौं । सिभिल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा फागुन २८ गते यस कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा–७, कास्कीमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।  सभामा कम्पनीले आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेस गर्नेछ । यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

ह्याम्स हस्पिटलले आईपीओ निष्कासन गर्ने, असोज २६ मा बोलायो साधारण सभा

काठमाडौं । ह्याम्स हस्पिटल अर्थात् 'हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड’ले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज २६ गते आर्थिक वर्ष २०७९/८० को साधारणसभा आह्वान गरेको छ । सभा बुढानीलकण्ठ-९ स्थित कम्पनीको कार्यालयमा उक्त दिनको २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।  सभाको विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्कासन गर्ने र यी कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालकलाई समितिलाई दिने रहेको छ । कम्पनीले काठमाडौंको धुम्बाराहीमा अस्पताल सञ्चालन गरिरहेको छ ।  हालसम्म नेपालको पूँजीबजारमा कुनै पनि अस्पताल सूचीकृत भएका छैनन् । नर्भिक अस्पतालले धेरै समयअगाडि आईपीओ निष्कासन गर्ने बताए पनि हालसम्म त्यसका लागि सेबोनमा निवेदन दिएको छैन ।

सन नेपाल लाइफको साधारण सभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

साउन २६, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको कर्पोरेट कार्यलय कमलादीमा भर्चुअल माध्यमबाट सोमवार सम्पन्न भएको हो ।  सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आव २०७६/७७ को लागि लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।  कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्बभन्दा बढी पुग्नेछ ।  सभाले स्वतन्त्र सञ्चालकमा नितु कयाललाई नियुक्त गरेको जानकारी गराएको छ । हालसम्ममा कम्पनीले देशभरका २० ओटा शाखा कार्यलय तथा १०८ उपशाखा कार्यालयमार्फत आफ्ना बिमितलाई सरल, सहज र उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

सन नेपाल लाइफले आईपीओ निष्कासन गर्न बोलायो साधारण सभा

काठमाडौं, ४ साउन । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ । इन्स्योरेन्सको कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट साउन २५ गते सभा हुने भएको हो । कम्पनीको सभाले आईपीओ निष्कासनको प्रस्ताव गर्ने जनाइएको छ । यसको साथै ०७५/७६ को वार्षिक प्रतिवेदन वित्तीय विवरण र आर्थिक वर्ष ०७६÷७७ को वर्तमान लेखा परीक्षकलाई […]