१५ लाख १७ हजारले भरे रिभर फल्स पावरको आईपीओ, मागभन्दा करीब ७ गुणा बढी आवेदन

जेठ ३, काठमाडौं । वैशाख २८ गतेदेखि सार्वजनिक निष्कासनमा आएको रिभर फल्स पावरको आईपीओ खरीदका लागि १५ लाख १७ हजार २८ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार मंगलवार साँझ ५ बजेर २६ मिनेटसम्म यी आवेदकहरुबाट रू. १ अर्ब ७५ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताको शेयर खरीद माग भएको हो । जुन मागभन्दा ६ दशमलव ९३ गुणा बढी आवेदन परेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।  मागभन्दा बढी आवेदन पसिकेकाले यो आईपीओ छिटोमा जेठ ४ गतेसम्म मात्र विक्रीमा रहनेछ । आवेदकले उक्त आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।   यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी माइनस दुई रुपैयाँ ३६ पैसा छ ।

सम्बन्धित सामग्री

रिभर फल्स पावर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

रिभर फल्स पावर लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि रिभर फल्स पावर र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ ।सम्झौतापत्रमा रिभर फल्स पावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश गुरुङ र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् । कम्पनीले २०७९ बैशाख २८ देखि जेष्ठ ०४ गते सम्म निष्काशन गरेको आइपिओ बाँडफाँड जेष्ठ ९ गते गरेकोमा आइपिओमा शेयर पाउने शेयर धनी तथा सर्वसाधारणले असार २ गतेबाट रिभर फल्स पावर

रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

प्रभु क्यापिटल लिमिटेड रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी काम गर्न रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । २०७९ जेष्ठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।सम्झौता अनुसार शेयर राजिष्ट्रारको रुपमा प्रभु

रिभर फल्स पावरको आईपीओ बाँडफाँट

काठमाडौँ- रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाले दुई करोड १३ लाख ९४ हजार ६३० कित्ता […]

रिभरफल्स पावरको आईपीओ आज हुँदैछ बाँडफाँट, पर्ने सम्भावना कति ?

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको २७ लाख कित्ता आईपीओको बाँडफाँट आज हुँदैछ ।

रिभर फल्स पावर लिमिटेडको आईपीओमा ६.५ गुणा बढी सेयर माग

२८ वैशाखदेखि निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेस्रो दिन बिहान १०ः३० बजेसम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ । २७ लाख ३० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर एक लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख […]

रिभर फल्स पावरको आईपीओ खुल्याे

काठमाण्डाै – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज बुधवारदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो ।  सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई छ...

रिभर फल्स पावरको आईपीओ खुल्यो

२८ वैशाख, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयरका लागि बुधबारदेखि आवेदन खुला भएको हो । जारी हुने सेयर मध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत […]

रिभर फल्स पावरको विशेष साधारणसभा जेठ ४ मा

रिभर फल्स पावर लिमिटेडले विशेष साधारणसभा जेठ ४ गते गर्ने भएको छ ।कम्पनीले सभा केन्द्रीय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने जानकारी गराएको हो ।