रिभर फल्स पावरको आईपीओ खुल्यो

२८ वैशाख, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयरका लागि बुधबारदेखि आवेदन खुला भएको हो । जारी हुने सेयर मध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत […]

सम्बन्धित सामग्री

रिभर फल्स पावरको आईपीओ बाँडफाँट

काठमाडौँ- रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाले दुई करोड १३ लाख ९४ हजार ६३० कित्ता […]

रिभरफल्स पावरको आईपीओ आज हुँदैछ बाँडफाँट, पर्ने सम्भावना कति ?

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको २७ लाख कित्ता आईपीओको बाँडफाँट आज हुँदैछ ।

रिभर फल्स पावरको आईपीओमा ६.५ गुणा बढी आवेदन

रिभर फल्स पावर लिमिटेडको आईपीओमा माग गरेभन्दा ६.४७ प्रतिशत बढी माग आवेदन परेको छ । नेपाल क्लियरिङ लिमिटेडका दिएको पछिल्लो रिपोर्ट अनुसार मंगलबार विहान साढे १० बजेसम्ममा १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता सेयरको लागि आवेदन परेको हो । जुन माग गरेभन्दा करिब ६.५ गुणा बढी आवेदन हो ।कम्पनीले बैशाख २८ गतेबाट कुल २७ लाख ३० हजार कित्ता सेयर प्राथमिक सेयर (आईपीओ) सार्वजनिक गरेको थियो । सो मध्ये कम्पनीले ५ प्रतिशत

रिभर फल्स पावरको आईपीओ खुल्याे

काठमाण्डाै – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज बुधवारदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो ।  सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई छ...

रिभर फल्स पावरको आईपीओ निष्कासन २८ वैशाखदेखि

रिभर फल्स पावर लिमिटेडले २८ वैशाखदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्तामध्ये ५४ हजार ६०० कित्ता अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी रहेको २५ लाख ३८ हजार […]

वैशाख २८ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्दै रिभर फल्स पावर

वैशाख २०, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । पहिलो चरणमा चैत २७ गतेदेखि वैशाख गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर बाँडफाँट गरेको हो ।  अब कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री गर्ने तयारी कम्पनीले गरेको हो ।  कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकिएको कम्पनीको भनाइ छ । यी बाहेक बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । सर्वसाधारणले यो आईपीओ खरीदका लागि छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ११ गतेसम्म विक्री खुला हुने मिति तय भएको छ ।  तर, पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ छिटो अवधिभित्रै विक्री हुने सम्भावना देखिन्छ । खरीद कर्ताहरुले यो आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था छ ।  यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको रू. ३५ करोड ७० लाख चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी रू. ७० करोड पुग्नेछ । कम्पनीले स्थानीयमा १० प्रतिशत शेयर विक्री गरेको हो भने कर्मचारी सहित सर्वसाधारणमा ३९ प्रतिशत शेयर विक्री गर्न लागेको हो । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।  कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ ।  कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ८७ दशमलव ९८ रहेको छ । यहि वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रदान गर्नेछ ।

आयोजना प्रभावितका लागि रिभर फल्सको आईपीओ खुला

२७ चैत, काठमाडौं । आयोजना प्रभावितका लागि रिभर फल्स पावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आइतबारदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सात करोड बराबरको सात लाख कित्ता सेयर स्थानीयका लागि निष्कासन तथा बिक्री खुला गरेको […]

रिभर फल्स पावरले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

काठमाडौं, २० साउन । रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु […]

रिभर फल्स पावरको विशेष साधारणसभा जेठ ४ मा

रिभर फल्स पावर लिमिटेडले विशेष साधारणसभा जेठ ४ गते गर्ने भएको छ ।कम्पनीले सभा केन्द्रीय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने जानकारी गराएको हो ।