स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी चितवन जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । निर्वाचन अवधिभर नेपाली सेनाले कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । उहाँका अनुसार निर्वाचनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको …