सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाले शारीरिक अपांगता भएका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ।आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गापाले अपांगको निःशुल्क उपचार गर्ने भएको हो।विकलाङ्ग समूह तथा अपांग बालबालिकाको निःशुल्क उपचार गर्न कपुरकोट गापाले अपांग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपासँग पाँचवर्षे सम्झौता गरेको छ। सम्झौताअनुसार गापाले आफ्नो पालिकाभित्रका १८ वर्ष उमेरसम्मका व्यक्तिको पहिचान, उपचार, शल्यक्रिया, पुनःस्थापना, सहायक सामग्री तथा कृत्रिम अंग उपलब्ध गराउने