मूल्यवृद्धिले अलैंचीखेती गर्ने किसानलाई राहत

भोजपुर । यस वर्ष अलैंचीको मूल्यमा वृद्धि भएपछि भोजपुरका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन २६ हजार रुपैयाँमा विक्री भएको अलैंची यस वर्ष प्रतिमन ४० हजार २०० रुपैयाँसम्ममा घरबाटै विक्री भएको टेम्केमैयुङ गाउँपालिका–५ का किसान शिवकुमार विष्टले बताए । अलैंचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यस वर्ष कमी आएको विष्टले बताए । वर्षेनि मूल्यमा कमी, गतवर्ष भएको खडेरी र अन्य कारणले खेती विस्तार नहुँदा उत्पादन घटेको उनको भनाइ छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैंची किसानले विगत वर्षको तुलनामा झन्डै दोब्बर मूल्य पाएका छन् । ठेकेदारले घरबाटै प्रतिकेजी एक हजारमा अलैंची लैजाने गरेको किसान जयकुमार राईले बताए । ‘अलैंचीबाट सात/आठ वर्ष अघिसम्म राम्रो आम्दानी पाएपछि हौसिएर धानखेतमा अलैंची लगाएको थिएँ । गतवर्षसम्म मूल्य घटिरहँदा निराश भए पनि यस वर्षको मूल्यबाट भने केही राहत मिलेको छ,’ उनले भने । उनले तीनओटा बगान गरी करिब १५० रोपनी क्षेत्रफल जतिमा अलैंची लगाएका थिए । किसानको हकहितका लागि काम गरिरहेको जिल्ला अलैंची व्यवसायी संघ, भोजपुरका अध्यक्ष नवीन प्रधानले बताए । खेतीको विस्तार तथा किसानलाई विभिन्न समयमा आउने समस्याको विषयमा संघले सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै आएको उनको भनाइ छ । अध्यक्ष प्रधानले यस वर्ष मूल्य बढे पनि अलैंचीको उत्पादनमा भने कमी आएको बताए । आफूले पनि ४० रोपनी क्षेत्रमा अलैंचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको उनको भनाइ छ । ‘यस वर्ष अलैंचीको मूल्य राम्रो नै छ । केही भए पनि किसानलाई राहत मिलेको छ । तर उत्पादन भने यस वर्ष राम्रो भएन,’ उनले भने । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार यस वर्ष जिल्लामा २३२ मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लामा ७१९ हेक्टर क्षेत्र अलैंची खेतीयोग्य भए पनि ५९७ हेक्टरमा उत्पादन भइरहेको कृषि  केन्द्रले बताएको छ । कार्यालयका अनुसार यस वर्ष किसानले प्रतिमन ४० हजारदेखि ४८ हजार रुपैयाँसम्ममा अलैंची विक्री गरेका छन् । जिल्लामा अलैंचीको विस्तारका लागि ६ पकेट, दुई ब्लक र ६ स्थानीय तहको ३० ओटा वडामा अलैंची जोन कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्लामा रामशाही, गोल शाही, डम्बर शाही, जिर्मले जातको अलैंची खेती हुने गरेको छ । भोजपुरका दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङथर्पु, तिम्मा हेलौछा, गुप्तेश्वरलगायत ठाउँमा मुख्य रूपमा अलैंची उत्पादन हुने गर्छ । रासस

सम्बन्धित सामग्री

उखुको रकम भुक्तानीले किसानलाई राहत

महोत्तरी, २२ पुस । नजिकिँदो तीलासक्रायत (माघेसङ्क्रान्ति) कसरी टारौँ भन्ने सोचेर जिङ्राएका यहाँका उखु उत्पादक किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज (बोलिचालीमा एभरेष्ट चिनी उद्योग) ले यही पुस १६ गतेसम्म तौल भएको उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत मिलेको हो । गत मङ्सिर २६ गते यसपालिको यामको […]

चिस्यान केन्द्रले धरानका किसानलाई राहत

काठमाडौं । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा धरानमा निर्माण भएको चिस्यान केन्द्र ले किसानलाई राहत मिलेको छ । विगतमा बिक्री नभएका आफ्ना उत्पादन खेर फाल्न बाध्य किसान अहिले बिक्री नभएको कृषिजन्य उत्पादन भण्डारणका लागि शीतगृह पुर्‍याउने गर्छन् । धनकुटाका कृषक शिवकुमार राईले शीतगृह निर्माण भएपछि किसानलाई ठूलो राहत मिलेको बताए । “दुःख गरेर धरान ल्याइएका […]

‘किसानलाई राहत दिन ढिलाइ भयो’

काठमाडौं- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाइ भएको स्वीकार गरेका छन् । मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाइ नहुने आश्वासनसमेत दिए । आइतबार मन्त्रालयमा मन्त्री भुसालले आफूले […]

विपद् प्रभावित किसानलाई राहत

बाग्मती, ९ साउन । बाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई  एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ । प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट प्रभावित पशुपन्छी तथा मत्स्य पालक किसानलाई राहत वितरण गरेको हो । राहत वितरणका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री […]

बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध

चितवन– जिल्लाका बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । संघीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि  राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२ देखि २०७९ असार ७ गतेसम्म जिल्लामा बर्डफ्लु सङ्क्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट […]

गोलभेडाको मूल्यले किसानलाई राहत

किसानलाई राहत मिल्दा उपभोक्तालाई भने ठूलो मार परेको छ । धनकुटाका अहिले स्थानीय गोलभेडाको मूल्य प्रतिकेजी १ सय देखि १ सय ३० रुपैयाँसम्म पुगेको छ ।

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ। हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत भएको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताएका छन्।...

किसानलाई राहत दिन ‘कृषि संकटकाल’

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले कृषि संकटकाल लगाएर भए पनि बाढीबाट पीडित किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने बताएका छन् । कृषिसँग विभिन्न संघसंस्थाले बाढीबाट पीडित किसानलाई तत्काल राहत र पुनःस्थापनाको प्याकेज घोषणाका लागि शुक्रवार बुझाएको अनुरोधपत्र बुझ्दै उनले सो कुरा बताए । कृषि मन्त्रालयले देशैभरिबाट कृषिमा भएको भएको क्षतिको विवरण संकलन गरिरहेको छ । विवरण आइसकेपछि अवस्था हेरेर किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने धारणा राखेका राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए । ...

किसानलाई राहत उपलब्ध गराउन छलफल हुँदै

निरन्तर परेको वर्षाले किसानको धान बालीमा क्षति पुगेपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा छलफल सुरु भएको छ । प्रदेश कृषि निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बेलुकासम्म निष्कर्षमा पुगिने जानकारी दिँदै मुख्यमन्त्री र मन्त्रीसँग छलफल जारी रहेको बताए । “किसानलाई राहत उपलब्ध गराइने छ तर कसरी दिने छलफल भइरहेको छ,” उनले भने । लुम्बिनी प्रदेशका १२ जिल्लामा […]

पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन प्रचण्डको आग्रह

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन माग गरेका हुन् ।यस्तै आइतबारदेखि परिरहेको बेमौसमी झरीले पूर्वदेखि पश्चिमसम्म धानबालीमा ठूलो क्षति पुर्याएको छ । धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको  प्रचण्डको भनाइ छ ।वर्ष