जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा आइतबार पुनर्गठन गरिएको मन्त्रिपरिषद्मा यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शपथ लिएका हुन्। यादवले आइतबार नै कार्यभार सम्हालिसकेका छन्।