स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्यड्रिड र रियल बेटिसको विजयी सुरुवात

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्यड्रिड र रियल बेटिसले विजयी सुरुवात गरेका छन् । एट्लेटिको मड्रिडले गेटाफेलाई उसकै मैदानमा ३–० गोलले हरायो । उसका अल्भारो मोराटाले दुई तथा एन्टोइन ग्रिजमनले एक गोल गरे । जितसँगै एट्लेटिको म्यड्रिडले ३ अङ्क जोडेको छ । अर्को खेलमा रियल बेटिसले इल्चेलाई ३–० गोलले नै हराएको छ । रियल बेटिसले पनि अङ्कतालिकामा ३ अङ्क जोडेको छ । ला लिगाकै अर्को खेलमा एट्लेटिकाे क्लब र मालोर्काले गोलरहित बराबरी खेलेका छन् ।

सम्बन्धित सामग्री

उपाधि विजेता रियल मड्रिड एट्लेटिकोसँग पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

स्पेनिस ला लिगाः रियल मड्रिड एट्लेटिकोसँग पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १–० अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन खेलको ४०औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टी मार्फत गोल गरे । यूइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले यस अघिनै ला लिगाको उपाधि जितिसकेको छ । पराजित भएपनि३५ […]

रियलको सहज जित, एट्लेटिको पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।

रियलको सहज जित, एट्लेटिको पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा फरक खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २-० अन्तरले पराजित गरेकाे हाे । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । ३८औं मिनेटमा  क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए । जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम

ला लिगा : नयाँ सिजनको खेल तालिका सार्वजनिक, पहिलाे एल क्लासिकाे अक्टाेबरमा

काठमाण्डौ – स्पेनिस ला लिगा फुटबल २०२१/०२२ काे नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । बुधवार ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको हो । नयाँ सिजन सुरु हुने पहिलो दिन अगस्ट १४ मा १० वटा खेल हुनेछन् । च्याम्पियन एट्लेटिको मड्रिडको पहिलो खेल सेल्टा भिगोसँग हुने भएको छ । त्यस्तै रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग खेल्दा बार्सिलोनाले रियल सोसिडासँग खेल्ने भएको छ । यस्तै बार्सिलोना र रियल मड्रिडबीचको पहिलो एल क्लासिको खेल अक्टोबर २४ मा दोस्रो खेल मार्च २० मा हुने भएको छ ।   यस्ताे छ ता...