काठमाडौं : लुम्बिनी प्रदेशमा गर्न लागिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।प्रदेश सरकारका पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव साटासाट गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको थियो। बदलिँदो राजनीतिक घटनाक्रमका कारण पनि सम्मेलन स्थगित भएको बताइएको छ।