लुम्बिनीमा मुख्यमन्त्री सम्मेलन स्थगित, सांसदहरूको शपथ १६ गते तय

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले पुस १५ गते दाङ देउखुरीमा गर्न लागेको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। अन्य प्रदेशका मुख्यमन्त्रीहरुलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्याकालको समीक्षा गर्न सम्मेलन गरिने भएपनि २ दिन अघि स्थगित भएको हो। पछिल्लो राजनीतिक कारणले मुख्यमन्त्री सम्मेलन स्थगित गर्ने निर्णय भएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण १६ गते हुने

लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथग्रहण पुस १६ गते हुने भएको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बुधवार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए ।उनले प्रदेश मन्त्रीपरिषद्को  बैठकले पुस १६ गते सांसदहरूलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको  बताए । शपथ ग्रहण  लुम्बिनीको नयाँ राजधानी देउखुरीमा हुनेछ।यस्तै पुस १५ गते दाङ देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। हालै कार्यान्वयनमा आएको लुम्बिनी प