जुम्लाका ४१ हजार नागरिकलाई खोप लगाइँदै

जुम्लाका ४२ हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाइँदै छ । आगामी असोज ९ गतेबाट संक्रमणबाट जोगिनका लागि जुम्लामा १८ वर्ष माथिका ४१ हजार ६ सय ७६ जनालाई भेरोसेल खोप लगाउने तयारी भइरहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।उनका अनुसार जुम्लाको कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने निर्देशनअनुसार १८ वर्ष माथिका ४१ हजार […]

सम्बन्धित सामग्री

हेटौंडाको बुद्ध चोकमा एक सातासम्म कोरोनाविरुद्धको खोप लगाइँदै

हेटौंडाको बुद्ध चोकमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबारबाट प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा एक कार्यक्रमकाबीच सर्वसाधारणलाई लक्षित गरी एक हप्ते कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको हो ।खोपबाट बञ्चित सर्वसाधारण जनतालाई लक्षित गरी हेटौंडा बजारको चोकमा नै जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा खोप अभियान संचालन गरिएको प्रजिअ पाण्डेले बताए ।चैतसम्म सबै नागरिकलाई खोप लगाउने राज्यले लिएको नीति अनुसार खोप अभियानल

बैतडीका प्रत्येक वडामा भेरोसेल खोप लगाइँदै

बैतडी : बैतडीमा आज (आइतबार) देखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।जिल्लामा ८४ वटा वडा रहेका छन्। ठूलो वडामा आवश्यकताअनुसार खोप केन्द्र विस्तार गरिने बताइएको छ।  उक्त खोप अभियान साउन २१ गते सम्म सञ्चालन हुने  स्वास्थ्य कार्यालयले जनाएको छ। ५५ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई खोप लगाइने छ भने विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्याप

बैतडीमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

बैतडी : बैतडीमा आगामी आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। अभियान साउन २१ गतेसम्म सञ्चालन हुने  कार्यालय प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका छन्। ठूलो वडामा आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरिने भट्टले बताए। अभियानमा ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने छ। यस्तै‚ शिक्षक, कर्मचारी, सवारी चालक र सहचालकहरुलाई खोप लगाइने भएको हो।खोप अभियानअन्तर्गत साउन १७ र १८ गते पाटन नग

ललितपुर महानगरमा ४५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाण्डाै - ललितपुर महानगरपालिकाले आज, भोलि र पर्सि ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने भएको छ ।  कोरोना विरुद्धको भेरोसेल खाेपकाे पहिलो मात्रा लगाउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । ४५ वर्षभन्दा माथिका व्यक्तिका लागि महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन खोप कार्यक्रम हुनेछ ।  साथै १८ गते जोनसन एण्ड जोनसन खोप लगाउने कार्यक्रम पनि सञ्चालन हुन गइरहेको र त्यसको विस्तृत कार्यक्रमपछि सार्वजनिक गरिने महानगरपालिकाले जनाएकाे छ।

काठमाडौंका सबै वडामा भेरोसेल खोप लगाइँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजबाट सबै वडाहरुमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजबाट तोकिएका वडाहरुको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन हुन लागेको हो। पहिलोमात्र छुट भएका ५० वर्ष वा सोभन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ। यी हुन् खोप प्रदान गर्ने केन्द्रहरु

भोटखोला र मकालुका १० हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइँदै

संखुवासभा : तिब्बतसँग सीमा जोडिएका संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। यस क्षेत्रका १० हजार जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए।उत्तरी क्षेत्रको दुर्गम भोटखोलामा पहिलो चरणमा असार १३ देखि १५ गतेसम्म खोप सञ्चालन गरिने गाउँपलिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। १८ वर्षभन्दा माथिका नागरिकलाई खोप कार्यक्रममा सहभागी हुन अध्यक्ष भोटेले अनुरोध गरे। भोटखोलाको १९ स्थानमा खोप केन्द्र तोकिएको छ।

काठमाण्डौ महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि फेरि सुरु हुँदैछ । यसअघि गएको २५ र २६ गते ६२, ६३ र ६४ वर्षका नागरिकलाई  खोप लगाएपछि अभाव भएको भन्दै महानगरपालिकाले रोकेको थियो । तर स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराएकाले आज र भोलि ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्यपदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । यसअघि वडा-वडामा दिइएको खोप अब भने चार वटा अस्पतालबाट मात्रै दिइने छ । वीर अस्पताल, शिक्षण अस्...

आजदेखि ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाइँदै

कोभिड १९ विरुद्धको खोप अभियानको दोस्रो चरण आजदेखि सुरु हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ।