ललितपुर महानगरमा ४५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाण्डाै - ललितपुर महानगरपालिकाले आज, भोलि र पर्सि ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने भएको छ ।  कोरोना विरुद्धको भेरोसेल खाेपकाे पहिलो मात्रा लगाउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । ४५ वर्षभन्दा माथिका व्यक्तिका लागि महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन खोप कार्यक्रम हुनेछ ।  साथै १८ गते जोनसन एण्ड जोनसन खोप लगाउने कार्यक्रम पनि सञ्चालन हुन गइरहेको र त्यसको विस्तृत कार्यक्रमपछि सार्वजनिक गरिने महानगरपालिकाले जनाएकाे छ। 

सम्बन्धित सामग्री

ललितपुर महानगरमा भोलिदेखि ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइँदै

काठमाडौं । ललितपुर महानगरपालिकामा भोलिदेखि ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । साउन १५, १६, १७ गते खोप कार्यक्रम हुने छ । ४५ वर्ष माथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउने...