आज मध्यरातदेखि राष्ट्रिय सभा अधिवेशन अन्त्य हुँदै

काठमाडौँ, १६ कात्तिक । राष्ट्रिय सभाको १४औँ अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । अधिवेशनअन्तर्गत एक सय ८० दिन बैठक भएका थिए । अधिवेशनमा मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन गर्ने अध्यादेश २०८० स्वीकृत भएको थियो । सोही अध्यादेशलाई प्रतिस्थापन गर्न राष्ट्रियसभामा उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन दुवै सदनबाट पारित भई प्रमाणित […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभामा वर्षे अधिवेशन अन्त्य भएको जानकारी

काठमाडौँ- राष्ट्रिय सभा बैठकमा चालु अधिवेशन अन्त्य भएको जानकारी गराइएको छ ।​ बिहीबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणशप्रसाद तिमिल्सिनाले चालु अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । उनले राष्ट्रिय सभाको चालु चौधौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने घोषणा गरे । नेपालको संविधानको धारा ९३ को उप...

संसदको दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्  ।   आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  संसदमा चोली चैत्र २ गते प्रधान न्यायधिश चोलेन्द्र समशेर जबरा विरुद्द दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसुची थियो । प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा अवरोध गर्दै आएको थियो । संघीय संसद सचिवालयले दुवै सदन अन्त्य भएको सूचना प्रकाशन गरेको छ । सूचनामा भनिएको छ 'सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८/१२/०१ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन सम्वत् २०७८ साल चैत १ गते मङ्गलबार राती १२:०० बजेदेखि अन्त्य भएकोले मिति २०७८ साल फागुन २९ गतेको प्रतिनिधि सभाको बैठकबाट चैत २ गते बुधबारको लागि तोकिएको प्रतिनिधि सभाको बैठक र मिति २०७८ साल माघ १६ गते आइतबार अर्को सूचना नभएसम्मको लागि सूचनाद्वारा स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले क्रमश: प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

राष्ट्रपतिद्वारा संसद्‌का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदन(प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले चैत १ गते(मंगलबार) राति १२ बजेदेखि ुलागू हुने गरी संसद्‌का दुवै अधिवेशन अन्त्य गरेकी हुन्। मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। […]

संसद् अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालू संसद् अधिवेशन मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन्...

संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा र प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेकी हुन्। संसद बैठकमा राष्ट्रपति भण्डारीको पत्र पढेर सुनाउँदै...

अन्त्य भयो राष्ट्रिय सभा अधिवेशन

राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी हुन् ।  सोमवार मध्यरात १२ बजेदेखि अधिवेशन अन्त्य हुने संघीय संसद् सचिवालयले जनाएको छ ।  सचिवालयले जारी गरेको सूचनामा मंगलवार ३ बजे बस्ने गरी निर्धारण गरिएको बैठकसमेत स्वतः अन्त्य भएको उल्लेख छ ।

चार बैठक, सात घन्टा पाँच मिनेट छलफल गरेर राष्ट्रिय सभा अधिवेशन अन्त्य

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभा अधिवेशन पनि छोटो समयमै अन्त्य गराएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन १० दिनमै अन्त्य गरेकी छिन् । राजनीतिक...

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएकोमा प्रचण्ड-नेपाल पक्षको आपत्ति

राष्ट्रिय सभा सदस्य तथा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएकोमा आफ्नो विरोध रहेको बताएका छन् । आइतवार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाको अधिवेशनको छिटै अन्त्य हुनु राम्रो नभएको बताएका हुन् । 'प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधि सभाको असंवैधानिक विघटन गरिएको अवस्थामा राष्ट्रिय सभा जनताको अवाजलाई प्रतिनिधित्व गर्ने संसदको थलो थियो,' प्रवक्ता श्रेष्ठले भने, 'अचानक अन्त्य गर्ने काम गरियो,...

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि आजैबाट अधिवेशन अन्त्यको घोषणा गरिएको हो । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै मध्यरातिदेखि अन्त्य भएको अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेपछि अधिवेशनको अन्त्य गरिएको हो । पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु गरिएको थियो । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि स्थायी संसदको रुपमा लिइने उपल्लो सदन राष्ट्रिय सभामा समसामयिक विषयमा बहस छलफल सुरु भएको थियो। राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पनि चर्को विरोध सुरु भएको थियो । संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार दिएको छः ओली प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको दाबी गर्नुभएको छ । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन संविधान सम्मत भएको दावी गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकार संविधानको धारा ७६ को १ अनुसार भनेको भन्दै अन्य विकल्प नरहेको बताउनुभयो । ‘संविधानको धारा ७६ को १ अनुसारको यो सरकार हो २, ३, ४, ५ विकल्पमा आएन, सिद्धियो’, ओलीले भन्नुभयो, ‘अब ७ ले सरकार रहने अवस्था नरहँदा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि मिति घोषणा गर्नेछ। त्यसअनुसार नै भएको छ, संविधानसम्मत कसरी भएन ?’ उहाँले अस्थिरतका लागि प्रतिनिधि सभा पुनःस्थापना नहुने बताए। ‘प्रतिनिधि सभा पुनःस्थापना कसरी हुन्छरु केका लागि हुन्छ। कुन विकल्पका लागि हुन्छरु के देशमा अस्थिरता ल्याउनका लागिरु ६र६ महिनामा सरकार परिवर्तन गर्नका लागि ?’, उहाँले भन्नुभयो । संसद पुनःस्थापना हुन्छ भन्ने कुरा हल्लामात्रै भएको भन्दै प्रधानमन्त्रीले केही व्यक्तिले संविधानमा प्रतिनिधि सभा विघटन हुन नसक्ने बताएको भन्दै संविधानको धारा ८५ अनुसार विघटन गर्न मिल्ने बताउनुभयो ।

राष्ट्रिय सभा : अधिवेशन सुरु हुन नपाई अन्त्यको हतारो !

१९ पुस, काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । तर, अधिवेशन सुरु हुन नपाई अन्त्य गर्ने हतारो सरकार र राष्ट्रिय सभा अध्यक्ष दुवैलाई छ । सरकारको नियत त चाँडो अन्त्य गर्ने नै भयो, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वयं पनि सकेसम्म छिटो अधिवेशन अन्त्य गर्ने मुडमा छन् । सातौं […]