राष्ट्रपतिद्वारा संसद्‌का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदन(प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले चैत १ गते(मंगलबार) राति १२ बजेदेखि ुलागू हुने गरी संसद्‌का दुवै अधिवेशन अन्त्य गरेकी हुन्। मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। […]