उदयपुरको सभापतिमा देउवा पक्षीय कार्की विजयी

 नेपाली काँग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् । दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे ।कार्की सभापति शेरहादुर देउवा निकट हुन भने बस्नेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष मानिन्छन् । नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत छन् ।यस्तै उपसभातिमा भीमचन्द्र राई, सच

सम्बन्धित सामग्री

कांग्रेस उदयपुरको सभापतिमा देउवा समूहका कार्की विजयी

नेपाली कांग्रेस उदयपुरको सभापतिमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की विजयी भएका छन् ।

प्रदेश सरकारका मन्त्री कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित

नेपाली कांग्रेस उदयपुरको जिल्ला सभापति पदमा १ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की निर्वाचित भएका छन् ।  अन्तिम मतपरिणामअनुसार कार्कीले प्रतिस्पर्धी विदुर बस्नेतलाई १७८ मतान्तरले पराजित गरेका छन् । निर्वाचित कार्कीले ७६७ मत पाउँदा पराजित बस्नेत ५८९ मत मात्रै पाएका छन् । जिल्ला कार्यसमिति उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ विजयी भएका छन् ।

कांग्रेस उदयपुरको सभापतिमा देउवा समूहका कार्की विजयी

नेपाली कांग्रेस उदयपुरको सभापतिमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की विजयी भएका छन् ।

कांग्रेस महाधिवेशन : उदयपुर–१ मा खगेन्द्र र २ मा रामकुमार विजयी

उदयपुर, ९ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उदयपुरको क्षेत्र नं १ मा सभापतिमा खगेन्द्र राई र क्षेत्र नं २ मा रामकुमार राई विजयी भएका छन् । चौदण्डीगढी नगरपालिकाका प्रमुखसमेत रहेका खगेन्द्रले निकटतम प्रतिद्वन्द्वी वसन्त बस्नेतलाई १० मतले पराजित गरेका हुन् । सचिवमा सुशील खत्री र सन्तोष कोइराला तथा सहसचिवमा ओमकार कट्टेल र बेचु चौधरी विजयी […]