राप्रपाबाट काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठ प्रस्तावित

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई अघि सार्ने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगर प्रमुखको उम्मेदवारको रुपमा श्रेष्ठको नाम सिफारिस भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । यसअघि काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत एवं पूर्वसचिव केदारबहादुर अधिकारी, पूर्व एसएसपी दीपक रञ्जित र राप्रपा काठमाडौं महानगर अध्यक्ष केदार धमलाको नाम चर्चामा रहेपनि कलाकार श्रेष्ठको नाम सिफ