आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणापत्र लिएर  चुनावमा जाने तयारीमा छन् ।माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए

सम्बन्धित सामग्री

आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी […] The post आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ : माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् ।

हाम्रो खिसीटिउरी गर्नेको हविगत होलिकाको जस्तै हुनेछ : माधव नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दाबी गरेका छन् । होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले आफूहरूको खिसीटिउरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताए । एकीकृत समाजवादीको चुनाव चिह्न कलम हो । कलम चुनाव चिह्नले कमाल गर्ने बताउँदै उनले भने, ‘गाउँ गाउँ, टोलटोल, बस्ती […]

सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलमः माधव नेपाल

दाङ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्नमा ग्रहण लागेको भन्दै असली चुनाव चिह्न कलम भएको र यसैले वर्गीय मुक्ति गर्ने दाबी गरेका छन्। दाङको पाखापानीमा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलम हो’, उनले […]

नेकपा (एस)को चुनाव चिह्न 'कलम'

माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको चुनाव चिह्न 'कलम' तोकिएको छ ।  नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)बीच पार्टी एकता भएपछि चुनाव चिह्न कलम राख्ने सहमति भएको हो ।  आठ बुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो । जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिह्न दर्ता गराएको थियो । तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिह्न तोकेको थिएन ।

‘कलम’ चुनाव चिह्नका लागि माधव नेपाल र जीवन राईको पार्टीबीच एकीकरणको पहल

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जीवन राई नेतृत्वको नेकपा एकीकृतबीच एकताको प्रक्रिया अघि बढेको छ । २ पार्टीलाई एकीकरण गरी नेकपा एकीकृतले लिएको चुनाव चिह्न नेकपा एकीकृत समाजवादीको बनाउने गरी २ पार्टीबीच एकीकरणको प्रक्रिया अघि बढेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।  एमाले विवाद चरमोत्कर्षमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका नेताहरूकै सल्लाहमा जीवन राईले नेकपा एकीकृत दर्ता गराएका थिए ।  राई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निकट नेता मानिन्...

माधव नेपाल पक्षले प्रस्ताव गरेको चुनाव चिह्न यसअघि नै ‘बुक’, दर्ता नहुँदै विवाद

माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि प्रस्ताव गरेको चुनाव चिह्न अर्कै दलले पहिले नै प्रस्ताव गरेको खुलेको छ । उन्नत लोकतन्त्र पार्टीले आफ्नो चुनाव चिह्न छड्के खुला किताब भएको जनाएको छ । सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफूहरूको पार्टीको सम्पूर्ण प्रक्रिया साउन १८ गते पूरा भएको बताएका छन् । उनले माधव पक्...

माधव नेपालको नयाँ पार्टी : नाम- एमाले (समाजवादी), चुनाव चिह्न- खुला किताब

माधव नेपाल पक्षले नयाँ दल दर्ताको तयारी गरेको छ । दलको नाम नेकपा एमाले (समाजवादी) राखिने छ । चुनाव चिह्न खुला किताब रहने नेता जगन्नाथ खतिवडाले बताए । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ अग्रसर भएको छ ।

जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दल दर्ता, चुनाव चिह्न कलम

१० असार, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको छ । एमाले नेता माधव नेपाल निकट मानिने राईले गत वैशाख ७ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । नेपालमा भइरहेको कम्युनिस्ट पार्टी कुनैले […]