पर्वत : चाडपर्वहरू नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालय कास्कीले ‘चाडपर्व लक्षित सुरक्षा योजना’ तयार पारेको छ।कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार योजनामा प्रहरीले गर्नुपर्ने ‘ड्युटी’, प्रहरीले प्रयोग गर्ने सवारी र उनीहरू रहने स्थान तथा निर्धारित ‘ड्युटी’ मा खटिनेहरूको संख्या यकिन गरिएको छ। प्रहरीले गर्ने ‘ड्युटी’ हरू अन्तर्गत सी.आर.भी सवारीमा ४५ जना, ग्रामीण गस्तीमा ५४ जना, पोखरा क्षेत्रभित्र पैदल गस्ती विभिन्न १४ स्थानब