बाढीले पाइप बगाउँदा पानीको हाहाकार

अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी ९बर्दघाट–सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ।...

सम्बन्धित सामग्री

पहिरोले पानीको हाहाकार

पहिरोले पाइप चुँडाइदिएपछि दैलेख बजारमा खानेपानीको हाहाकार भएको छ । नारायण नगरपालिका–१०, ओखरबासमा गएको पहिरोले खानेपानीको पाइप चुँडाइदिएको छ । महाबु धार्मिक मेलामा जाने यात्रुको सुविधाका लागि सडक मर्मत गर्न लाग्दा ओखरबासमा लगातार पहिरो खसेका कारण जिआइ पाइप चुँडिएको हो । सहारे मुहानबाट ल्याइएको खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।

बाह्रैमास पानीको समस्या

रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा बाह्रैमास खानेपानीको समस्या हुँदै आएको छ । सदरमुकाम रुकुमकोटमा बर्खामा धमिलो पानी र हिउँदमा त्यही धमिलो पानी पनि नआउँदा पानीको हाहाकार हुने गरेको छ । खुला मुहान, खुला ट्याङ्की, पाइप नगाडिएको ठाउँ ठाउँमा पाइप काटिनु र सम्बन्धित निकायको हेलचेक्र्याइँका कारण खानेपानीको समस्या हरेक वर्ष जटिल बन्दै गइरहेको छ ।

वनमा आगलागी हुँदा पाइप डढेपछि खानेपानीको समस्या

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो । यसबाट यहाँका ३७ परिवार प्रभावित बनेका छन् । छरछरे–पाँडेथोक सिँचाइ तथा खानेपानी योजनाअन्तर्गतको करिब एक किलोमिटर पाइप मङ्गलबार र बुधबार लागेको आगोले डढेपछि गाउँमा खानेपानी […]

मदानीचौरमा खानेपानी अभाव

सुर्खेत  । पूर्वी सुर्खेतको मदानीचौरका बासिन्दालाई शुद्ध पिउने पानीका लागि अहिले पनि दैनिक पाँच घन्टा पालो कुर्नुपर्ने बाध्यता  छ । भेरीगंगा नगरपालिका–१०, मदानीचौरका स्थानीय अहिले पनि शुद्ध पिउने पानीको सास्ती भोगिरहेका छन् । छिन्चु सहर नजिकैको मदानेचौर बस्ती भए पनि डेढ सय घरधुरीको एउटै धारा हुँदा दैनिक पाँच घन्टा पालो कुरेर पानीको जोहो गर्नुपर्ने बाध्यता कायमै छ । गाउँमा पिउने पानी अभाव भएको वर्षौं बितिसक्दासमेत स्थानीय, प्रदेश तथा संघीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ । मदानीचौरका करिब डेढ सय घरपरिवारले एउटै धाराको पानी उपभोग गर्दै आएका छन् । पर्याप्त स्रोत अभावले चैत, वैशाखमा घन्टौं लाइनमा बसेर पानी भर्नुपर्ने मदानीचौरबासीको बाध्यता छ । गाउँलेलाई तिर्खा मेटिने गरी पिउन पानीको जोहो गर्न सकस हुने गरेको छ । साउनदेखि फागुनसम्म केही सहज भए पनि चैत, वैशाखमा पानीको हाहाकार हुने गरेको गाउँलेको भनाइ छ । चैत, वैशाखमा गाउँको एउटै धारामा दुईदेखि पाँच घन्टा पालो कुरेर पिउने पानी भर्दै आएको स्थानीय दीपक बिसीले बताए । ‘मदानीचौर पूरै गाउँका लागि एउटा मात्रै धारो छ,’ उनले भने, ‘अरू बेला त अलि पुग्छ । गर्मी मौसम सुरु हुनेबित्तिकै चार/पाँच घन्टा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ ।’ नुहाउने, लुगा धुने तथा पशु चौपायालाई खुवाउन पनि त्यही धाराको पानी प्रयोग गर्दै आइरहेको उनले सुनाए । गर्मी मौसम सुरु हुनेबित्तिकै गाउँभरि नै हाहाकार हुने हुँदा प्यास मेटिने गरी पिउने पानीको जुटाउनसमेत गाह्रो हुने स्थानीय टीका रानाले बताइन् । गोर्खा वेलफेयर स्किमको सहयोगबाट आर्थिक ०७२/७३ सालमा करिब १ करोड लागतमा निर्माण गरिएको खानेपानी आयोजनाले केही घरधुरीमा सुविधा पुगे पनि उक्त आयोजना आठ महिनामै अवरुद्ध भएको उनले जानकारी दिइन् । उनका अनुसार आयोजना पुनः सञ्चालनमा ल्याउन समितिले चासो नदेखाउँदा पानीको समस्या कायमै रहेको हो । ‘निर्वाचनका बेला भोट माग्न यहाँ आउने सबै दल र नेताहरूले गाउँमा खानेपानी पुर्‍याउने वाचा गर्छन्,’ उनले भनिन्, ‘०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले मदानीचौरबासीलाई खानेपानी आयोजना बनाइदिने वाचा गरे पनि कार्यान्वयन गरेनन् ।’ खानेपानीका लागि स्थानीयले पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कसैले चासो नदिएको उनको गुनासो छ । ‘चुनावका बेला सबै नेताले खानेपानी ल्याइदिन्छौं भन्दै भोट माग्न आउँछन्,’ स्थानीय मनमाया सुनारले भनिन्, ‘अघिल्लो पटकको चुनावमा भोट माग्न नगरपालिकामा चुनिने र सांसद पनि आएका थिए । जितेकाको म्याद सकिन लाग्यो भन्छन् । हाम्रोमा खानेपानी कहिले आउने हो ।’ भेरीगंगा नगरपालिका उपप्रमुख रेणु ढकाल अबको डेढ वर्षभित्र मदानीचौर गाउँमा खानेपानी समस्या समाधान हुने दाबी गर्छिन् । ‘मदानीचौरमा खानेपानी ल्याउन आयोजनाको काम सुरु भएर ट्यांकी निर्माण र पाइप खरिद भइसकेका छन्,’ उनले भनिन्, ‘निर्माण कम्पनीलाई तोकिएकै समयभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिइसकेकाले छिट्टै खानेपानी समस्या समाधान हुन्छ ।’ उपप्रमुखले आयोजना तोकिएकै समयभित्र निर्माण गर्ने दाबी गरे पनि निर्माणमा भइरहेको ढिलासुस्तीसँगै पर्याप्त पानीको स्रोत अभावका कारण तत्कालै गाउँको खानेपानी समस्या समाधान नहुने प्राविधिक बताउँछन् । नगरपालिकाका इन्जिनियर विजय खत्रीका अनुसार पानीको स्रोत सीमित भएकाले घर–घरमा तत्कालै धारा पुग्ने अवस्था छैन  । ‘हाल रिजर्भ ट्यांकी निर्माण र पाइप खरिदको काम भएको छ,’ उनले भने, ‘मुहानबाट रिजर्भ ट्यांकीमा पानी पुर्‍याउने मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि आयोजनाले आफ्नै विद्युत् ट्रान्सफर्मर राख्नुपर्नेछ ।’ उनले नगरपालिकामा त्यससम्बन्धी जनशक्ति नहुँदा आयोजनाको काम अघि बढाउन ढिलाइ भइरहेको बताए । ‘मुहानको पानी ट्यांकीसम्म ल्याउन मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि छुट्टै ट्रान्सफर्मर राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि नगरपालिकासँग इलेक्ट्रिकल इन्जिनियरिङसम्बन्धी जनशक्ति नहुँदा थप समस्या भएको छ ।’ उनका अनुसार आयोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्मको अवस्थाले समयमै सम्पन्न हुन मुस्किल देखिन्छ । भेरीगंगा नगरपालिकाले क्रमगत योजनाअन्तर्गत आपधारा लिफ्ट खानेपानी आयोजनामार्फत मदानीचौरसम्म पानी पुर्‍याउन हालसम्म करिब डेढ करोड खर्च गरिसकेको १० नम्बर वडाध्यक्ष काशीराम देवकोटाले बताए ।

बाढी र पहिरोले पाइप बगाउँदा खानेपानीको हाहाकार

अविरल वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइप बगाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ ।  पहिरोका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो ।देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बाढी तथा पहिराले खानेपानीको मुख्य मूल गिरुबारी खोला, बेतही खोला, सोती खोला र पत्थर खोलाको मुहानमा २० भन्दा धेरै ठाउँमा पहिराले अस

बाढीले पाइपलाइन बगाउँदा कुश्मामा पानीको हाहाकार

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा पछिल्ला चार दिनयता पिउने पानीको चरम अभाव भएको छ।वर्षासँगै बढेको बाढी र पहिरोले खानेपानीका पाइप तथा मुहानमा क्षति पुर्‍याएपछि पानीको हाहाकार भएको हो। असार २२ गते राति कुश्मा नगरपालिका–८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले कुश्मामा पानीको आपूर्ति गर्न बिछ्याइएको पाइप क्षतविक्षत बनाएपछि सदरमुकाममा पानीको अभाव भएको हो।मोदी गाउँपालिकामा रहेको पाती खोलाको मुहानबाट ल्याइएको उक्त पाइपलाइन कुश्मामा पानीको आपूर्ति गर्ने मुख्य योजना हो। बाढीले क्षति पुर्‍

अब पहिराले पानी रोक्दैन !

बागलुङ बजारमा १६ किलोमिटर टाढाको मुहानबाट पानी आउँछ । काठेखोला गाउँपालिकाको रेशखोला र भुँदीखोला मुहानबाट आउने पानीले स्थानीयवासीको प्यास मेटाएको छ ।   हिउँदमा बिहान बेलुका पालो बाँडेर आउने पानी वर्षात्को समयमा आउने नआउने टुङ्गो हुँदैन । लामो दूरीको पाइप कहिले बाढीले बगाउने त कहिले पहिरोको समस्या । एक ठाउँमा पाइप फुटेपछि हप्ता दिन नआउने खानेपानीले बजारवासी त सधैँ समस्यामा रहदैँ आएको छ । यहाँ रहेको साविक धौलागिरि अञ्चलकै ठूलो अस्पताल, धौलागिरि अस्पतालले लामो समयसम्म पानीको हाहाकार बेहोर्दै आएको छ । ...

पहिरोले पाइप बगायो, छुम्राङ गाउँमा खानेपानी संकट

धादिङ : पहिरोले खानेपानीको पाइप बगाएपछि रुबीभ्याली गाउँपालिका-५ छुम्राङ गाउँमा पानीको हाहाकार भएको छ। तत्काल पहिरो पन्छाएर  पाइप जडान गर्न नसकिने भएपछि यहाँका स्थानीय आकासको पानी संकलन गरेर पिउन बाध्य छन्। खानेपानीको पाइप जोड्नै नमिल्ने गरी पहिराले बगाएपछि गाउँमा खानेपानीको समस्या परेको हो। रुबीभ्याली गाउँपालि...