पोर्चुगललाई हराउँदै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा

काठमाण्डौ - पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । योसँगै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले हरायो । मोरक्कोका लागि खेलको ४२ औँ मिनेटमा युसेफ एन-नेसरीले गोल गरे । पोर्चुगलले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन । आजै दोस्रो क्वाटर फाइनलमा इङ्गल्यान्ड र फ्रेन्च खेल्दै छन् । अब मोरक्कोले सेमिफाइनलमा यो खेलको विजेतासँग खेल्नेछ ।

सम्बन्धित सामग्री

महिला विश्व कप फुटबल : फाइनलका लागि आज स्पेन र स्वीडेन भिड्दै

काठमाण्डौं, साउन ३० । फिफा महिला विश्व कप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन भिड्दैछन् । सेमिफाइनलको खेल नेपाली समय अनुसार आज पौने २ बजे हुँदैछ । स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । आज विजयी हुने टोलीले उपाधिका लागि भोलि हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्व कपको […]

विश्व कप फुटबल : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो । पराजित मोरक्को चौथो भएको छ । क्रोएसियाको जितमा जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक/एक गोल गरे । मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौंँ मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको नवौँ मिनेटमा नै दारीले गोल गरी मोरक्कोलाई बराबरीमा ल्याए । क्रोएसियाका सोरिसिचले खेलको ४२ औँ मिनेटम...

विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेल्न नयाँ बल सार्वजनिक

काठमाण्डाै - कतारमा भइरहेको फिफा विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक भएको छ । सार्वजनिक गरिएको नयाँ बलको नाम 'अल हिल्म' राखिएको छ । अरेबिक शब्द 'अल हिल्म' को अर्थ सपना हो । यसअघि प्रयोग भएको बल नाम ‘अल रिहला’ राखिएको थियो । यसको अर्थ ‘यात्रा’ हो । एडिडास कम्पनीले हिजो विश्व कपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ बलमा यस अघि प्रयोग भएको बलमा जस्तै प्रविधिको प्रयोग गरिएको छ ।  य...

विश्व कप फुटबल : नेपालमा पनि जर्सी माेह (तस्बिरहरू)

काठमाण्डाै – अहिले कतारमा विश्व कप २०२२ का खेलहरू भइरहेकाे छ । कतारमा भइरहेको विश्व कप फुटबलले अरू देशलाई जस्तै नेपाललाई पनि छोएको छ । नेपाली फुटबल प्रेमीहरू पनि आफूलाई मन पर्ने देश र मन पर्ने खेलाडीको जर्सी लगाएर समर्थन गर्दै खेलको मजा लिइरहेका छन् । कतार विश्व कपले नेपालको जर्सी पसलमा पनि भिड बढाएको छ । दिनमै एक लाख रुपैयाँभन्दा धेरैको जर्सी व्यापार हुने व्यापारीहरू बताउँछन् । तस्बिरहरू– तस्बिरहरू : महेश ज्ञवाली

फिफा विश्व कप फुटबल आजदेखि : उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् । उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् । समूह 'ए' मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा इङ्ल्यान्ड, इरान, अमेरि...

साडियो मानेले विश्व कप फुटबल खेल्न नसक्ने

सेनेगलका फरवार्ड साडियो मानेले कतारमा हुने फिफा विश्व कप फुटबल खेल्न नसक्ने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्व कप गुमाउने पुष्टि गरेको छ । साथै सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्व कपबाट बाहिरिएको जनाएको छ । विश्व कप फुटबल पर्सि आइतवारदेखि कतारमा सुरु हुँदैछ । केही दिनअघि मात्रै मानेले विश्व कपको पहिलो खेल गुमाउने भनिएको थियो । तर उनको दायाँ खुट्टामा लागेको चोट निको हुन समय लाग्ने भएको छ । घाउमा शल्यक्रिया समेत गरिएको छ । अब उनी झण्डै ३ महिना मैदान बाहिर रहने छन् । विश्व कप फुटबलमा सेन...

विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुल्यो, ५ सय रुपैयाँ तिरेर मात्रै हेर्न पाइने

काठमाण्डाै – नेपालमा विश्व कप फुटबलको लाइभ प्रसारणसम्बन्धी विवाद तत्कालका लागि समाधान भएको छ ।ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज बुधवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले निरन्तरता नदिएपछि विवाद सकिएको हो ।अदालतको यो निर्णयसँगै विश्व कप प्रसारणको एक्सक्लुसिभ अधिकार पाएको मिडिया हब प्रालिले केबल अपरेटर, डीटीएच, ओटीटीमार्फत निश्चित शुल्क लिएर विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुलेको छ । म...

विश्व कप फुटबल नजिकिएसँगै कतारमा सयौँ कामदारलाई बिदामा बस्न दबाब

कतारमा विश्व कप फुटबल नजिकिएसँगै सयौँ आप्रवासी कामदारलाई बिदामा बस्न दबाब बढेको छ । मध्य दोहामा रहेका कामदारलाई उनीहरु बसिरहेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब दिइएको हो । विश्व कप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनालाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानीय बासिन्दा र कामदारहरूले बताएका छन् । अल–मन्सौराको आसपास तथा अपार्टमेन्टमा बसेका दर्जनौँ श्रमिकहरू सडकमा निकालिएका समाचार संस्था एएफपीले जनाएको छ । कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा धेरै ...

विश्व कप फुटबल छनोट : स्कटल्यान्ड र युक्रेनबीचको खेल जुन १ मा हुने

काठमाण्डाै - फिफा विश्व कप छनोट अन्तर्गत युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल आउँदो जुन एक तारिखमा हुने भएको छ । युक्रेन र स्कटल्यान्डबीचको स्थगित खेल जुन एकमा हुने तय भएको हो । यसअघि युक्रेन र स्कटल्यान्डबीचको यो खेल मार्च २४ तारिखमा हुने तालिका थियो । तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो  । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेलको विजेताले वेल्ससँग जुन ४ तारिखमा खेल्ने तालिका छ । विजेता टोलीले कतारमा हुने विश्व कप फुटबलमा स्थान बनाउने छ ।