विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेल्न नयाँ बल सार्वजनिक

काठमाण्डाै - कतारमा भइरहेको फिफा विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक भएको छ । सार्वजनिक गरिएको नयाँ बलको नाम 'अल हिल्म' राखिएको छ । अरेबिक शब्द 'अल हिल्म' को अर्थ सपना हो । यसअघि प्रयोग भएको बल नाम ‘अल रिहला’ राखिएको थियो । यसको अर्थ ‘यात्रा’ हो । एडिडास कम्पनीले हिजो विश्व कपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ बलमा यस अघि प्रयोग भएको बलमा जस्तै प्रविधिको प्रयोग गरिएको छ ।  य...

सम्बन्धित सामग्री

विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको हो । यस्तै पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो । आउँदो आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ ...