जनकपुरधाम : प्रदेश २ प्रदेशसभाको बैठक पछिल्लो एक महिना यता बस्न सकेको छैन। यसअघि असारमा पनि कोरोना महामारीको कारण प्रदेशसभा बैठक पटकपटक स्थगित भएको थियो।बजेट पारित गरेपछि प्रदेशसभा बैठक असार २९ गतेपछि छैटौं अधिवेशन समाप्त भएको थियो। अर्को अधिवेशन नबोलाउदा विषयगत समितिका काम–कारबाही र १३ वटा विद्येयक प्रदेशसभामा अलपत्र छ। प्रदेशसभाको कार्यकाल चार वर्ष बित्नै लाग्दा लेखा समितिको सभापतिसहित तीन विषयगत संसदीय समितिको सभापति चयन हुन सकेको छैन।प्रदेशसभा बैठक नियमित नहुँदा सार्वजनिक लेखा समिति, प