विराटनगर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले प्रदेशको नामकरण गर्दा पहिचानलाई ध्यान दिन माग गरेकी छन्। उनले पहिचानविरोधी नामकरण गरे आफूहरुलाई स्वीकार नहुने दाबी गरेकी छन्। सोमबारको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै सांसद तुम्बाहाम्फेले पहिचानविरोधी नामकरण गर्ने निर्णय भए त्यसलाई मान्न नसकिने बताइन्। उनले संघीयता पहिचानकै लागि आएकाले त्यसमा ध्यान दिन सबै दललाई आग्रह गरेकी छन्। विशेष समयमा उनले भनिन, 'अरुणपूर्व लिम्बुवान र अरुण पश्चिम खम्बुवानलाई