अर्धवार्षिक समीक्षापछिको स्थिति : के, अर्थतन्त्र सुधारतर्फ छ ?

चालु आर्थिक वर्षको ७ महिना बितिसकेको छ । गत महिना आर्थिक वर्षको ६ महिना अर्थात् अर्धवार्षिक समीक्षा गरेको सरकारले मुलुकको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख हुँदै गरेको स्वीकारेको थियो । बढ्दो आयात, घट्दो रेमिट्यान्स र अपेक्षित आर्थिक गतिविधि नहुँदा मुलुकको आर्थिक अवस्था शिथिल हुनपुगेको निष्कर्षसहित सरकारले आयातमा कडाइ गर्ने नीति लिएको थियो । उसो त विदेशी मुद्राको सञ्चितीमा परेको दबाब र विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा आएको कमीलाई समेत सम्बोधन गर्ने गरी सरकारले रेमिट्यान्सलाई बैंकिङ च्यानलमा

सम्बन्धित सामग्री

थप सुधारका काम नगरे अर्थतन्त्र गम्भीर सङ्कट जान्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि अहिले भइरहेका प्रयास पर्याप्त नरहेको र तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर सङ्कटको स्थिति देखिने बताएका छन्।नेपाल उद्योग परिसङ्घले आज काठमाडाैँमा आयोजना गरेको ‘प्रेसिडेन्टस् ब्यान्क्वेट’ कार्यक्रममा उनले बिग्रिएको अर्थतन्त्र लयमा फर्काउन सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुधारका प्रयास थालेको भए पनि त्यो पर्याप्त नरहेको र कार्यान्वनमा पनि लक्षित उपलब्धि हासिल हुन नसकेको बताए।“

लयमा फर्किंदै अर्थतन्त्र

काठमाडौं, पुस ३० । उच्च मुद्रास्फीति, शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चिति दबाबमा रहेको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको छ । राष्ट्र बैंक तथा सरकारले लिएका रक्षात्मक नीतिका कारण अर्थतन्त्रका सूचकहरूमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मङ्सिरमा पनि शोधनान्तर स्थिति, विदेशी विनिमय […]

सरकार र निजी क्षेत्रको फरक धारणा : अर्थतन्त्र सुधारोन्मुख कि संकट झन् गहिरिँदै ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको तथ्यांक सेलाउन नपाउँदै नेपाल उद्योग वाणिज्य महासंघले भयावह स्थिति देखाएको छ । महासंघले संकलन गरेको सर्वेक्षण तथ्यांक अनुसार यतिबेला मुलुकको अर्थतन्त्र भयावह स्थितिमा छ । महासंघले हाल अर्थतन्त्रका सबैजसो सूचक खुम्चिएको तथ्यांक सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले जारी गरेको ३ महिनाको विवरण अनुसार देशको सोधानान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा छ । यो विगत १४ महिनायता पहिलोपटक बचतमा हो । यस्तै, विदेशी मुद्राको

वैशाखको प्रेस्क्रिप्सनको कमाल : १४ महिनापछि अर्थतन्त्र लयमा !

मुलुकको अर्थतन्त्र क्रमशः लयमा फर्किँदैछ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको वित्तीय स्थितिमा १४ महिनापछि शोधनान्तर स्थिति (बीओपी) बचतमा देखिएको हो ।आर्थिक वर्ष २०७७/७८ को वैशाख महिनामा मुलुकको शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँले बचतमा थियो । तर, त्यसयता चालु आर्थिक वर्षको भदौ महिनासम्म पनि शोधनान्तर स्थिति लगातार घाटामा नै रहन पुग्यो । गत आर्थिक वर्षको असार मसान्तमा १९ खर्ब २० अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदैगर्दा मुलुकको बीओपी घाटा बढेर २ खर्ब ५५ अर्ब २६

अर्थतन्त्रमा समस्या छ, सचेत नबने खराब स्थिति आउन सक्छ : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । महासंघको ५६ औं वार्षिक उत्सवमा बोल्दै अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र समस्यामा रहेको बताएका हुन् ।‘समयमै यसलाई समाधान गर्नुपर्छ । सचेत नबने हाम्रो स्थिति खराब बन्नसक्छ,’ उनले भने, ‘नेपालको नेपाल अर्थतन्त्र श्रीलंकाजस्तो नबन्ने तर खराब अवस्थामा पुग्न सक्छ ।’उनले देशको अर्थतन्त्र संकटमा भएको समाचार सञ्चारमाध्यममा आएपनि आफूहरुसँग सरकारी पक्षले छलफल नगरेको गुनासो गरे । &lsqu

पूँजीगत खर्चको स्थिति बिजोग

काठमाडौं, माघ ७ । चालू आर्थिक वर्षको ६ महीना पूरा हुँदासमेत बजेट कार्यान्वयन सन्तोषजनक नहुनु र कोभिड संक्रमण बढ्दै जाँदा आर्थिक सूचकांकहरूमा संकुचन आउन थालेपछि अर्थतन्त्र फेरि अप्ठ्यारोमा पर्न थालेको छ । अर्थ मन्त्रालयकै तथ्यांकमा बजेट कार्यान्वयनतर्फ पूँजीगत खर्चको स्थिति बिजोग छ भने बजेटमा घोषणा गरिएका चालू कार्यक्रमहरूसमेत बजेट आएको लामो समयसम्म कार्यान्वयनमा जान सकेका […]

अस्तव्यस्त अर्थतन्त्र र सरकारको दृष्टि

संविधान निर्माणपश्चात् पनि राजनीतिक अस्थिरता कायम रहेको, अस्थिर सरकारले पुष्टि गरिरहँदा, कोरोना कहरको प्रभाव अझै नसकिएको यस अवस्थामा अर्थतन्त्रका महŒवपूर्ण सूचकहरूमा सुधारपूर्ण स्थिति नदेखिँदा वर्तमान अर्थतन्त्र एक निराशपूर्ण अवस्थामा पुगेको स्पष्ट देख्न सकिन्छ । शोधनान्तर घाटा, विदेशी मुद्रा सञ्चिति वा विप्रेषणमा कमी आउनु, बैंकहरूमा १ खर्ब माथिको तरलता अभाव भएकै कारण ऋण प्रवाह गर्न नसक्नु, […]

२०२१ को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र १८ प्रतिशतभन्दा बढी वृद्धि

काठमाडौं। चीनको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा २०२१ को पहिलो त्रैमासिकमा १८.३ प्रतिशतले बढेको छ। कोरोना महामारीपछि चीनमा उद्योगधन्दा तथा उपभोक्ता गतिविधि तीव्र गतिमा सामान्य बन्नाले त्यो देशको आर्थिक स्थिति सुधार भएको हो।संसारकै सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र भएको त्यो देशको अवस्थामा अघिल्लो वर्षको सोही अवधिमा उल्लेखनीय गिरावट आएको थियो। चीनको कम्युनिस्ट सरकारले गत वर्ष मार्चमा कोरोनामाथि जीतको घोषणा गरेको थियो।

२०२१ को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र १८ प्रतिशतभन्दा बढी वृद्धि

काठमाडौं। चीनको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा २०२१ को पहिलो त्रैमासिकमा १८.३ प्रतिशतले बढेको छ। कोरोना महामारीपछि चीनमा उद्योगधन्दा तथा उपभोक्ता गतिविधि तीव्र गतिमा सामान्य बन्नाले त्यो देशको आर्थिक स्थिति सुधार भएको हो।संसारकै सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र भएको त्यो देशको अवस्थामा अघिल्लो वर्षको सोही अवधिमा उल्लेखनीय गिरावट आएको थियो। चीनको कम्युनिस्ट सरकारले गत वर्ष मार्चमा कोरोनामाथि जीतको घोषणा गरेको थियो।