मुलुकको अर्थतन्त्र क्रमशः लयमा फर्किँदैछ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको वित्तीय स्थितिमा १४ महिनापछि शोधनान्तर स्थिति (बीओपी) बचतमा देखिएको हो ।आर्थिक वर्ष २०७७/७८ को वैशाख महिनामा मुलुकको शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँले बचतमा थियो । तर, त्यसयता चालु आर्थिक वर्षको भदौ महिनासम्म पनि शोधनान्तर स्थिति लगातार घाटामा नै रहन पुग्यो । गत आर्थिक वर्षको असार मसान्तमा १९ खर्ब २० अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदैगर्दा मुलुकको बीओपी घाटा बढेर २ खर्ब ५५ अर्ब २६