अब पुरानो ढर्राको राजनीति र नेताहरुले देश बन्दैन, त्यसैले बाटो बदलेँ : स्वर्णीम वाग्ले

काठमाण्डाै - नेपाली कांग्रेस छाडेका अर्थशास्त्री स्वर्णीम वाग्लेले अब पुरानो ढर्राका पार्टी र नेताहरुबाट देश परिवर्तन नहुने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको पत्रकार सम्मेलनमा वाग्लेले नेपाल विकसित बनाउन निकै ढिलो भइसकेको तर पुराना ढर्राका पार्टी र नेताहरुबाट यो सम्भव नरहेको बताउनुभयो । देश बनाउन ढिलो भएको आभाषले नै आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महाअभियानमा उभिन बाध्य बनाएको वाग्लेको भनाइ छ । समय सीमा नै तोकेर अब देशलाई परिवर्तन गर्नुपर्ने वाग्लेले बताउनुभयो । ‘व्यवस्था नै परिवर्तन ग...