जीडीपीमा कृषिक्षेत्रको घट्दो योगदान

काठमाडौं मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिक्षेत्रको योगदान क्रमश: घट्दै गएको देखिन्छ । रासायनिक मलको अभाव, कृषि उत्पादन बजारीकरणको कमी, कृषि अनुदानको दुरूपयोग र पर्याप्त सिँँचाइ सुविधाको अभावलगायत कारणले कृषि उत्पादन अपेक्षाकृत बढ्न नसक्दा जीडीपीमा यस क्षेत्रको योगदान कम देखिएको हो ।  नेपालको कुल जनसंख्याको ६२ प्रतिशत घरपरिवार सानो वा ठूलो कृषि कार्यमा संलग्न छ । करीब ५७ प्रतिशत आर्थिक रूपले सक्रिय जनशक्तिलाई प्रत्यक्ष वा परोक्ष रूपमा कृषिक्षेत्रले रोजगारी प्रदान गरेको छ । औद्योगिक र सेवाक्षेत्रको वृद्धिदर कृषिक्षेत्रको तुलनामा बढी भएकाले पनि जीडीपीमा कृषिक्षेत्रको योगदान कम देखिएको हो । यसको अर्थ कृषि उत्पादन घटेको भने होइन ।  राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पछिल्लो ९ वर्षमा नेपालको जीडीपीमा कृषिक्षेत्रको योगदान ५ दशमलव २९ प्रतिशत बिन्दुले घटेको छ । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७१/७२ सम्म जीडीपीमा कृषिक्षेत्रको योगदान २९ दशमलव ३९ प्रतिशत थियो । आव २०७९/८० मा आइपुग्दा त्यो घटेर २४ दशमलव १ प्रतिशत कायम भएको छ । गैरकृषिक्षेत्रको अंश भने ७५ दशमलव ९ प्रतिशत छ, जसमा औद्योगिक क्षेत्रको १३ दशमलव ९ र सेवाक्षेत्रको ६२ प्रतिशत छ । कृषिक्षेत्रको जनशक्ति विदेश पलायन हुनु, खेतीबालीको समयमा रासायनिक मलको चरम अभाव हुनु, कृषि उत्पादनको उपयुक्त बजारीकरण नहुनु, कृषि अनुदान दुरुपयोग र पर्याप्त सिँचाइ सुविधा नहुनुजस्ता कारणले पछिल्लो समय जीडीपीमा कृषिक्षेत्रको योगदान घट्दै गएको अर्थविद् ज्ञानेन्द्र अधिकारीले बताए । उनका अनुसार कृषिका एकदमै आधारभूत पक्षमा सरकारले ध्यान दिन नसक्दा जीडीपीमा यसको योगदान घट्न गएको हो । ‘जीडीपीमा कृषिको योगदान घट्नु भनेको उद्योगधन्दा र सेवालगायत अन्य क्षेत्रको योगदान बढ्दै जानु हो । तर, नेपालमा अहिले औद्योगिक क्षेत्रको योगदान पनि खासै बढ्न सकेको देखिँदैन । बरु नेपालको जीडीपीमा सेवाक्षेत्रको योगदानचाहिँ बढी छ,’ उनले आर्थिक अभियानसँग भने, ‘विकसित मानिएका मुलुकमा मात्रै सेवाक्षेत्रको योगदान बढी हुने गर्छ ।’ उनले नेपालको वर्तमान सन्दर्भमा जीडीपीमा कृषिको योगदान घट्नुलाई सकारात्मक भन्न नमिल्ने बताए ।  जीडीपीमा कृषिक्षेत्रको योगदान घटे सबै थोक हुन्छ भन्ने बुझाइ उचित नभएको अर्थविद् अधिकारीको तर्क छ । उनका अनुसार हामीले कृषिलाई आधुनिकीकरण गरेर अघि बढाउन सक्यौं भने उपलब्धि प्राप्त हुन सक्छ । कृषिको भन्दा औद्योगिक क्षेत्रको योगदान बढाउन सक्नु अझ राम्रो मानिन्छ । औद्योगिक क्षेत्रको योगदान वृद्धिले उत्पादनका काम भएर निर्यात पनि राम्रो छ भन्ने देखाउँछ वा आधुनिकतातिर गएको संकेत गर्छ । नेपालको जीडीपीको आकार उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ बराबर पुगेको अनुमान छ । यस हिसाबले जीडीपीमा कृषिक्षेत्रको हालको योगदानलाई त्यति नराम्रो भन्न नमिल्ने कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ सुनीलकुमार सिंहले बताए । नेपालमा कृषिक्षेत्रमा संलग्न जनसंख्याको अनुपातलाई हेर्ने हो भने चाहिँ यो योगदान सन्तोषजनक नभएको उनले बताए । तथ्यांक कार्यालयका अनुसार १० वर्षभन्दा माथिका ५७ प्रतिशतभन्दा बढी जनता कृषि पेशामा संलग्न छन् । यति ठूलो जनसंख्या आश्रित कृषिक्षेत्रको योगदान यस हिसाबले घट्नुचाहिँ अर्थतन्त्रकै लागि राम्रो नभएको तर्क सिंहको छ । २०४८ सालमा कुल जनसंख्याको ८१ दशमलव २३ प्रतिशत कृषिमा आश्रित थियो । कृषिबाट हटेको जनशक्ति औद्योगिक क्षेत्रमा लाग्नेभन्दा विदेश पलायन भएकाले जीडीपीमा कृषिको योगदान घट्नुलाई राम्रो मान्न नसकिने उनको तर्क छ । आर्थिक काममा संलग्न १ करोड ४९ लाख ८३ हजार ३ सयमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ दशमलव ३ प्रतिशत छन् । नेपालमा ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमीन छ । त्यसमध्ये करीब १० लाख हेक्टर बाँझो छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार हाल कृषि पेशामा संलग्न पुरुषको जनसंख्या कुल जनसंख्याको ६० दशमलव २ र महिलाको संख्या ७२ दशमलव ८ प्रतिशत छ । आव २०७९/८० को पुससम्म खाद्य, तरकारी, फलफूल उत्पादन हुने जमीनको क्षेत्रफल घटेको छ । गतवर्षको सोही अवधिको तुलनामा त्यस्तो जमीन २ दशमलव १ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

सम्बन्धित सामग्री

दाहालको ‘एक पटकमा एक योगदान’ अभियान सुरु

संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ।

जनप्रतिनिधिले मतदाताको योगदान भुल्न हुँदैन : परराष्ट्रमन्त्री साउद

बैतडी : परराष्ट्रमन्त्री एनपी साउदले जननिर्वाचित प्रतिनिधिहरुले मतदाताको योगदान भुल्न नहुने बताएका छन्।नेपाली कांग्रेस बैतडीले शनिवार पाटनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले आफूलाई मत दिएर जिताउने मतदाताको योगदान भुल्न नहुने उल्लेख गरे।'जुनसुकै तहको सरकारमा भए पनि हामी जनप्रतिनिधिहरुले हामीलाई यो स्थानमा पुर्याउने मतदाताहरुको योगदान बिर्सन हुन्न', मन्त्री साउदले भने, 'हाम्रो भन्दा ठूलो योगदान उहाँहरुको छ, जसले हामीलाई जिम्मेवारी दिनु भएको छ।'मतदातास

कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान

सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान नगन्य थियो । ग्लोबल इकोनोमी डटकमले त्यस बेला प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान केवल ०.७१ प्रतिशत थियो । जबकि सन् २०२१ मा अरुबा भन्ने सानो टापु देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१.२६ प्रतिशत […]

जीडीपीमा कुन प्रदेशको कति योगदान ? (सूचीसहित)

काठमाडौं,२ जेठ । चालु आर्थीक वर्षको कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा प्रदेशहरुको अनुमानित योगदानको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको देखिएको छ भने सबैभन्दा कम योगदान कर्णाली प्रदेशको रहेको छ । कार्यालयका अनुसार बागमती प्रदेशको जीडीपीमा योगदान १९ खर्ब ८१ अर्ब रहेको छ यो […]

प्रत्यक्ष वैदेशिक लगानीः जीडीपीमा योगदान कमजोर

काठमाडौं, माघ १७ । नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशत पनि योगदान नगरेको सरकारी अध्ययनले देखाएको छ । नीति अनुसन्धान प्रतिष्ठानले हालै अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार जीडीपीमा प्रत्यक्ष वैदेशिक लगानीको योगदान कमजोर देखिएको हो । जीडीपीमा प्रत्यक्ष वैदेशिक लगानीको योगदान शून्य दशमलव ५४ प्रतिशत मात्रै रहेको […]

‘मुठीभरको योगदान’ पुस्तक विमोचन

शहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक इन्जिनियर शशिबहादुर थापाद्वारा लिखित ‘मुठीभरको योगदान’ पुस्तक विमोचन भएको छ।...

राजस्वमा चौधरी ग्रुपको १.७३ प्रतिशत योगदान

चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारको राजस्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ ।नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो । पछिल्लो वर्ष सरकारको कुल राजस्वमा चौधरी ग्रुपको योगदान १.७३ प्रतिशत रहेको छ । एउटा व्यापारिक समुहबाट सरकारको […]

घट्यो जिडिपीमा कृषि र उद्योग क्षेत्रको योगदान

काठमाडौं। प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने प्रक्षेपण गरेको बताएका छन्। आव २०७३/७४ को जिडिपीमा कृषि क्षेत्रको योगदान २६.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १४.६ प्रतिशत थियो। तर, गत आर्थिक वर्षसम्म घटेर कृषि क्षेत्रको योगदान २५.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १३.१ प्रतिशत हुने अर्थ मन्त्रालयले अनुमान छ।

ज्योतिष शास्त्रमा यसरी योगदान दिए वेदव्यासले

ज्योतिष शास्त्र वेदको ६ अंगमध्येको एक हो । जसका कारण वेदलाई लिपिबद्ध गर्ने श्रेय पाएका वेदव्यासले नै ज्योतिष शास्त्रको विकासमा योगदान दिएको शास्त्रीय मानिन्छ । धेरै ऋषिमुनिहरूले ज्योतिष विद्याको तयारीको लागि आ-आफ्नो तर्फबाट योगदान गरेका छन् । यी सबै प्रयासहरूको माध्यमबाट ज्योतिष शास्त्र आफैँमा व्यक्तिको भूत, भविष्य र वर्तमानलाई जान्न सक्ने शास्त्रको रुपमा विकास भयो […]

सहकारी क्षेत्रको योगदान महत्वपूर्ण : उपसभापति निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताएका छन् । नेपाल सहकारी बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति निधिले देशको राजनीतिक र गैह्र राजनीतिक क्षेत्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताए । सामाजिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले नै बिपी कोइरालाले देशमा सहकारी क्षेत्रलाई भित्र्याएको पनि निधिले बताए । तर पछिल्लो समय सहकारी क्षेत्रको विकासका लागि सरकारले महत्व दिएर नीति निर्माण गर