पहिरो गएपछि जाजरकोट–डोल्पा सडक बन्द

काठमाण्डाै - जाजरकोट–डोल्पा सडक बन्द भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेर सडक बन्द भएपछि यात्रु मारमा परेका छन् । गाडी चल्न सकेकाे छैन । रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीय बासिन्दा समस्यामा परेका हुन् । मौसम खराब हुँदा हवाई सेवा ठप्प भएपछि यो सडक हुँदै यात्रा गरेका डोल्पाका यात्रु आज बिहानैदेखि बाटोमै रोकिएका छन् । ठूलो ढुङ्गासहित पहिरो खसेर बाटो नै पुरेको छ । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका मेयर डम्बर रावतले बताउनुभएको छ । कच्ची सडक र भ...

सम्बन्धित सामग्री

पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक अझै खुलेन

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन...

पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

२१ भदौ, बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक भयो संचालन

काठमाडौं : पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आएको छ। सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात संचालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी संचालनमा आएको जानकारी दिए। सडक संचालनमा…

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको...

पहिरो पन्छाएपछि हुर्लुङ–जालपा सडक सुचारु

पहिरो पन्छाएपछि खोटाङको हुर्लुङ–जालपा सडक सुचारु भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो । उत्तरी क्षेत्रका केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो बिहीबार पन्छाइएपछि सवारी साधन आउजाउ नियमित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो तेस्रोपल्ट पन्छाइएको हो । पहिरो

पहिरो जाँदा मेलम्ची सडक अवरुद्ध

अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ। पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।...

मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्डमा पहिरो

काठमाण्डाै - मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्ड अन्तर्गत पर्ने गोलञ्जोर गाउँपालिकाको बलेनीमा पहिरो गएको छ । गएराति सवा एक बजेतिर खसेको पहिरोका कारण सिन्धुली सडक खण्ड भएर आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् ।  रातिदेखि सडक बन्द हुँदा यात्रुले गाडीमै बसेर रात कटाएका छन् । अहिले पहिरो हटाउन डोजरको प्रयोग गरिएको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

नागढुङ्गामा फेरि पहिरो, सडक खण्ड दुुईतर्फी नै बन्द

काठमाण्डाै - लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाण्डाैसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि ठप्प भएको छ । अघि बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ । सडक बन्द हुँदा काठमाण्डौ आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् । हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसाे १ बजेदेखि सडक खुलाइएको थियो । काठमाण्डौसँगको मुख्य नाका भएकाले यो सडक खण्ड भएर दैनिक हजारौँ यात्रुु ओहो...

सेती दोभानमा पहिरो, नारायणगढ–मुग्लिन सडक बन्द

चितवन । चितवनको सेती दोभानमा पहिरो खस्दा सडक पूर्ण रुपमा बन्द भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको सेती दोभानमा पहिरो खस्दा दुईतर्फी रुपमा सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।अविरल परेको वर्षाका कारण आज राति करिब ८ बजेको समयमा  भरतपुर महानगरपालिका–२९ सेती दोभानमा पहिरो खसेकाले नारायणगढ–मुग्लिङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले चितवनका प्रहरी निरीक्षक भगवान राज थापाले जनाएको छ ।पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध बनेकाल

पहिरो कारण आज यी सडक छन् अवरुद्ध

काठमाडौं। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ फुतवाङस्थित गोरुसिंगे–सन्धिखर्क सडकमा मंगलबारराति पहिरो जाँदा सडक अवरुद्ध भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–१३ भगेरी भन्ने ठाउँमा पहिरो झरी रिडी तम्घास सडक अवरुद्ध भएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–६ देउरालीस्थित हेटौंडा भिमफेदी कुलेखानी सडक–खण्डमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएका स्थानमा सडक खुलाउन स्थानीय प्रहरी लागिपरेका छन्।