मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्डमा पहिरो

काठमाण्डाै - मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्ड अन्तर्गत पर्ने गोलञ्जोर गाउँपालिकाको बलेनीमा पहिरो गएको छ । गएराति सवा एक बजेतिर खसेको पहिरोका कारण सिन्धुली सडक खण्ड भएर आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् ।  रातिदेखि सडक बन्द हुँदा यात्रुले गाडीमै बसेर रात कटाएका छन् । अहिले पहिरो हटाउन डोजरको प्रयोग गरिएको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।