कर्णाली र बबई नदीको तटीय क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उत्तर–पूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा देखिएको मौसमी प्रणाली अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा केन्द्रित हुँदा त्यहाँका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अहिले राप्ती, कर्णाली र बबई जलाधार क्षेत्रमा पर्ने बाँके, बर्दिया लगायतका जिल्लामा ठूलो पानी परिरहेकोले यी नदी तटीय क्षेत्रमा जोखिम रहेको छ ...

सम्बन्धित सामग्री

बिहिबारसम्म नै भारी वर्षा हुने, आज र भोली यी जिल्लामा बाढीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी न्यून चापिय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भु-भाग नजिक) रहेको छ। सो को प्रभावको कारण हाल देशभर सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ।विभागका अनुसार आज बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।बुधबार राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।त्यस्तै बिहिबार दिउँसो देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। बिहिबार राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।आगामी २४ घण्टा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु विभागले सबैमा अनुरोध गरेको छ।बाढी पूर्वानुमान विभागले पनि सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आगामी ३ दिन सम्म प्रमुख नदीहरू कोसी, कर्णाली, महाकालीमा बहाव उल्लेख्य बड्ने तथा सतर्कता तह भन्दा तल रहने पूर्वानुमान छ। आज र भोलि नारायणी र यसका सहायक नदीहरु सेती, कालिगण्डकी, मादीमा वहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। आज र भोली कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आज प्रदेश १ को झापा, मोरंग, सुनसरी, ईलाम, धनकुटा, उदयपुर, पाँचथर, तहथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा, बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रे पलान्चोक, मकवानपुर, सिन्धुली ; मधेश प्रदेशको सबै जिल्ला, गण्डकी प्रदेशको स्याङ्जा, नवलपरासी (व.सु.पू), लमजुङ, तनहूं, कास्की, पर्वत, बागलुङ, लुम्बिनी प्रवेशको नवलपरासी (व.सु.प.), पाल्पा, रूपन्देही कपिलवस्तु, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेलधुरा,बझाङ, वैतडी, दार्चुला र आसपास भई वहने अधिकांश स-साना नवीहरुमा बहाव बढ्ने, केहीमा आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

कास्कीमा भारी वर्षा : बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएरातिदेखि लगातार पानी परेको छ । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह बढ्नसक्ने, कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने पूर्वान...

बाढीपहिरोको जोखिम बढ्न सक्ने

अझै ३ दिनसम्म भारी वर्षा हुने अनुमान गर्दै मौसम पूर्वानूमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षासँगै देशभर बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।बाढी पूर्वानुमान महाशाखाका अनुसार साउन ५ गतेसम्म महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबई लगायतका नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्ने […]

आजको बाढी बुलेटिन, यी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनका कारण देशका विभिन्न स्थानमा अविरल वर्षा जारी छ। सोही क्रममा विभिन्न नदीको बहाव बढ्दो छ। जसका कारण आएको बाढीले नदीको तटीय क्षेत्रमा क्षति बढ्दो छ। शनिवार पनि बाढीको बहाव बढ्ने जल तथा मौसम विभाव बाढी पूर्वानुमान शाखाले जनाएको छ। कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका…

https://nagariknews.nagariknetwork.com/social-affairs/266151-1594122839.html

बर्दिया जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै वर्षायामका बेला विशेषगरी बबई, कर्णाली, मानखोला, ओराही नदी तथा अन्य खोलानाला नजिकका बासिन्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।