तनहुँको डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ मा डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन गरिएको छ। समुद्री सतहबाट करिब ९०० मिटर उचाइमा रहेको यो होमस्टे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे घुम्तीबाट सात किमी र सदरमुकाम दमौलीबाट दश किलोमिटर दूरीमा पर्दछ । यहाँबाट प्राकृतिक मनोरम दृश्य सजिलैसँग अवलोकन गर्न सकिन्छ ।      सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका लागि पनि यो ठाउँ प्रसिद्ध छ । डाँडागाउँमा निर्माण गरिएको भ्यूटावरबाट सगरमाथा, गणेश, मनास्लुलगायत विभिन्न हिमाल सहजै अवलोकन गर्न सकिन्छ । भ्युटावरबाट जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित अग्लो छिम्केश्वरीडाँडा, गोरखा, लमजुङ, चितवन, पाल्पालगायत जिल्लाका अग्ला हरियाली र रमणीय डाँडापनि अवलोकन गर्न सकिन्छ । त्यस्तै तनहुँको बन्दीपुर बजार क्षेत्र डाँडा, श्याम्घा, साँगेफाँट, मादी नदी कलेस्ती फाँटको साथै छिमेकी जिल्लाको गोरखा बजारदेखि मनकामना मन्दिर पनि सजिलै हेर्न सकिने हुँदा पर्यटक यस क्षेत्रमा लोभिने गर्दछन् । पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारको संसदीय विकास कोषबाट गतवर्ष आठ लाखको लगानीमा सो टावर निर्माण गरिएको थियो । भ्यू टावर निर्माण गरिएको क्षेत्रमा तारबार गर्न म्याग्दे गाउँपालिकाले पाँच लाख प्रदान गरेको होमस्टेकी अध्यक्ष विहीसरा थापा पुलामीले जानकारी दिइन् । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पटक–पटक गरी ३० लाख बजेट विनियोजन गरेपछि आवश्यक सामुदायिक भवन निर्माण गरिएको छ । त्यसैगरी गाउँपालिका कार्यालयले पनि होमस्टे सञ्चालन शुरू गर्दादेखि आर्थिक सहयोग गर्दै आएको छ । यसले होमस्टे सञ्चालक थप उत्साहित बनेको छ । २०७५ देखि होमस्टे सञ्चालनमा आएपछि स्थानीय अर्गानिक उत्पादनका परिकारलाई प्राथमिकतामा राखिएको होमस्टेका सल्लाहकार सदस्य बालकृष्ण श्रेष्ठले बताए । गाउँकै उत्पादनको स्वाद होमस्टेमा पुग्नेहरूले चाख्न पाउँछन् । प्राकृतिक सौन्दर्यले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य र नेपालमा मात्र पाइने दुर्लभ चराचुरुंगी र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्छ । होमस्टेमा पर्ने बस्तीमा पर्यटकलाई यहाँका मौलिक लोक, संस्कृतिले स्वागत गर्ने गरिन्छ । होमस्टेमा आउने पाहुनाका लागि प्याकेजमा एक हजार एक सय कायम गरिएको छ । दिउँसोको खाजा बेलुकाको खाना मासुसहित बिहानको खाजा र खानाको उक्त मूल्य कायम गरिएको छ । उक्त होमस्टेमा पुग्ने जो कोही पर्यटक पुनः दोहो¥याएर जाने गरेको बताइएको छ । रासस  

सम्बन्धित सामग्री

होमस्टे सञ्चालन गर्न सरकारको सहयोग रहन्छ

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेशमा रहेका होमस्टे सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेशस्तरीय पर्यटन सम्मेलनमा सम्बोधन गर्दै पर्यटनमन्त्री धामीले हरेक होमस्टेमा दुई कोठाको पाहुना घर बनाउन लगायतमा प्रदेश सरकारले होमस्टे व्यवसायीलाई सहयोग गर्ने बताएका हुन् । होमस्टे (घरबास) महासंघ […]

बूढानीलकण्ठका सात स्थानमा ‘होमस्टे’ सञ्चालन

काठमाडौँ– बूढानीलकण्ठ नगरपालिकाका विभिन्न सात स्थानमा ‘होमस्टे’ (घरबास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन  आकर्षण गर्न सम्भावित सात स्थानमा ‘होमस्टे’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको हो । नगरले चालु आव २०७९-८० को नीति तथा कार्यक्रममा नगभित्रका वडा नं १ तौलुङ, ३ ठूलोगाउँ, ५ स्थित डाँडागाउँ, चिसिनी, लिपिकोट, ११ जगडोल र […]

महानगरभित्र होमस्टे सञ्चालन गर्ने, थालनी हाँडीगाउँबाट गरिने

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र होमस्टे सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी होमस्टे सञ्चालन गर्ने बताए । ‘प्राचीन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनर्उद्धार गर्दै होमस्टे […]

सैनामैनामा थारू होमस्टे सञ्चालन

बुटवल । रूपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचिडिहवामा थारू (घरबास) होमस्टे सञ्चालनमा आएको छ । घरबासबाट थारू खानपिन, कला–संस्कृति, वेशभूषाको संरक्षण एवं संवर्द्धन र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माण गर्न १० लाख अनुदान दिएको छ । यस्तै कार्यक्रम गर्ने सभाहल निर्माणका लागि लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिबाट आर्थिक वर्ष २०७२/७३ मा चार लाख ७५ हजार, आव २०७३/७४ मा ६ लाख ६५ हजार निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमअन्तर्गत आव २०७३/७४ मा १६ लाख ५७ हजार ५००, सैनामैना नगरपालिकाबाट आव २०७२/७३ मा एक लाख ९० हजार, ०७३/७४ मा रु सात लाख, ०७४/७५ पाँच लाख, २०७६/७७ मा ६ लाख र लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास परियोजनाबाट २०७७/७८ मा १२ लाख रकम प्राप्त भएको होमस्टे सञ्चालनका अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए । त्यसैगरी ९ लाख ४६ हजार ५२६ लागत सहभागितामा सो सभाहल निर्माण गरिएको उनले बताए । ‘होमस्टेमा आउने पाहुनालाई स्थानीय कला संस्कृति, नाचगान प्रदर्शन गरिनेछ,’ उनले भने । दुई कोठा भएको पाँच घरमा होमस्टे सञ्चालन गरिएको छ । एउटा कोठामा दुईवटा शय्या छन् । हाल होमस्टेमा एक पटकमा २० जना बास बस्न सकिन्छ । थप १० घरमा पनि होमस्टे सञ्चालन गर्ने योजना रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बताए । ‘समुदायको प्राचीन र ऐतिहासिक थलो हुँदाहुँदै विकासमा पछाडि पर्‍यो, थारू कला र संस्कृति पनि हराउँदै जान थालेपछि होमस्टे सञ्चालनलाई नगरपालिकाले पर्यटन प्रवर्द्धनसँग जोडेको छ,’ अध्यक्ष चौधरीले भने । रासस

जुम्लामा स्थानीयवासीद्वारा होमस्टे सञ्चालन

जुम्ला । जुम्लाको पातारासि गाउँपालिका–७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् । गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रूपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ । हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिनेछ । ‘सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना छ,’ उनले भने । हाल रेडपाण्डा (रातो हाब्रे) संरक्षण नेटवर्कको सहयोगमा ६ घरलाई होमस्टे बनाइएको छ । रावतले भने, ‘मुगुको रारा जाने पर्यटकलाई लक्षित गरी पट्मारा गाउँमा होमस्टे सञ्चालन गरिएको होे ।’     गतवर्ष चैतदेखि शुरू भएको होमस्टेमा कोरोना भाइरसको महामारीका कारण पाहुना आगमन कम छ । कोरोनाको संकट कम भएर पर्यटनले लय समात्नेमा रावत विश्वस्त छन् । आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने उनी बताउँछन् । पाहुनाको पर्खाइमा रहेको होमस्टे सञ्चालिका राज्यलक्षी रावतले बताइन् । ‘पाहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन हामी आतुर छौं । लोकल कुुखुराको सुप र मासु, कालीमार्सी चामलको भात, फापरको परिकार र चिनोको खिरलगायत परिकार तयार पार्छौं,’ उनले बताइन् । रारा जाने तथा पट्मारा गाउँको महारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्न आउने पर्यटकलाई लक्षित गरी होमस्टे शुरू गरिएको रावतले बताए । ‘रेडपाण्डा हेर्न पट्मारा गाउँमा एक पटक आउन आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गर्छौं ।

जुम्लामा स्थानीयवासीद्वारा होमस्टे सञ्चालन

खलङ्गा, १६ मङ्सिर: जुम्लाको पातारासि गाउँपालिका– ७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् । गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रुपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ । हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिने छ । “सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना […]

विदेश पलायन रोक्न ताँजेमा होमस्टे

लमजुङ– पछिल्लो समय रोजगारीको लागि युवा विदेश पलायनको क्रम दिनानुदिन बढ्दो छ । बिदेसिएका र बसाइँसराइलाई रोक्न लमजुङको दोर्दी गाउँपालिका ६ ताँजेमा होमस्टे सञ्चालन गरिएको छ । ५५ घरधुरी रहेको ताँजेमा युवाहरूकै सक्रियता होमस्टे सञ्चालन गरिएको हो । गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सञ्चालन भएसँगै ताँजेका युवाहरू गाउँ फर्किएका छन् । प्रकृतिको बरदान […]

सुर्खेतमा राजी होमस्टे सञ्चालन

सुर्खेत-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोपउन्मुख राजी समुदायले होमस्टे सञ्चालन गरेका छन् । अल्पसंख्यक राजी समुदायको कला साँस्कृतिको प्रचार प्रसार गर्नुका साथै आर्थिक आय–आर्जनका लागि होमस्टे सञ्चालन गरिएको हो ।वीरेन्द्रनगर १० दिपनगरमा जमिन भाडामा दिएर सञ्चालन गरिएको उक्त होमस्टेमा राजी जातिको कला संस्कृतको अवलोकन गर्नुका साथै उनीहरुको परम्परागत खानाका परिकारहरु पनि पाइने जनाइएकिो छ । कर्णाली […]

स्याङ्जाका ४९ होमस्टे गाउँ पाहुना राख्न तयार

२५ माघ, पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारीमा तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए । होमस्टे सञ्चालन गर्नेका लागि सिरुबारी एउटा पाठशाला बन्यो । त्यसपछि होमस्टे अवधारणा गाउँहरुमा पनि फैलिँदै गयो ।स्याङ्जाकै अन्य गाउँहरुमा पनि होमस्टे लहरै चल्यो । सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका–४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । […]