बर्दिया र बाँकेको उत्तरी मध्यवर्ती क्षेत्रमा एकै पटक २१ वटा होमस्टे सञ्चालन हुँदै

बर्दिया – चुरे क्षेत्रमा बाघ संरक्षण नारासहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रमा एकै पटक २१ वटा हाेमस्टे सञ्चालन गर्न लागिएकाे छ । स्थानीयवासीकाे आयआर्जनमा सहयोग पुर्‍याउँदै उनीहरूलाई वन र वन्यजन्तु संरक्षणमा जोड्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोगमा होमस्टे सञ्चालन गर्न लागिएको हाे ।  बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रकाे हर्रेकाँडा हुँदै बाँके निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्र र भावर क्षेत्रको राप्तिसोनारी मध्यवर्ती क्षेत्र अन्तर्गत गावरसम्म गरी झन्ड...