काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्।
सभापति देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन्। पछिल्लो समय माओवादी र कांग्रेसले जतिसक्दो प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन चाहिरहेका छन् भने जसपा सरकारसँग पटक पटक वार्ता गरी अझै अनिर्णयमा छन्।
जसपा सरकारमा जाने/नजानेमा दोधारमा छ। डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओली सरकारमा जान नहुने पक्षमा छ भने महन्थ र राजेन्द्र पक्ष भने आफ्ना माग ...