सुदूरपश्चिममा बाढीपहिरोले ठूलो क्षतिः ६ को मृत्यु, २६ जना बेपत्ता, हजारौ विस्थापित

सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको बर्षाले ठूलो क्षती पुर्याएको छ । अविरल बर्षाका कारण पहाडी जिल्लामा आएको पहिरोमा कयौ घर बगेका छन भने बाढी र पहिरोले सयौ परिवार विस्थापित भएका छन । सुदूरपश्चिमका ३ ठूला नदी कर्णाली, महाकाली र सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । तराई जिल्लामा किसानरुहरुले भित्र्याउने तयारी गरेका धानहरु बर्षातका कारण पुर्ण क्षती भएको छ । बर्षातले ठाउँ ठाउँमा पहिरो गएर सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने सवै राजमार्ग अवरुद्ध बनेका छन । सुदूर पश्चिमको राजधानी धनगढी समेत डुवानले जलमग्न भएको छ । सुदूरपश्चिमका बिभिन्न पहाडी दुर्गम वस्तीमा प्रहरी पुग्न नसकेको, टेलिफोन सेवा अवरुद्ध भएको र अविरल बर्षा जारी रहेकोले बाढी र पहिरोले पुर्याएको क्षतीको सवै विवरण आउन सकेको छैन । सयौ चौपायको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री