युक्रेनमाथि आक्रमण गर्न रुसलाई बेलारुसको साथ, बेलारुसी सैनिक पनि युक्रेन पसे

काठमाडौंँ- रुसी आक्रमणमा सघाउन बेलारुसका सैनिक पनि युक्रेन प्रवेश गरेका छन् । युक्रेन सरकारले युक्रेनमा बेलारुसका सैनिक प्रवेश गरेको जानकारी दिएको हो । युक्रेनको संसद्ले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै ‘बेलारुसी फौज चेर्निहिभ क्षेत्रमा प्रवेश गरेको’ जनाएको छ । यस क्षेत्र बेलारुसको सीमानजिक युक्रेनको उत्तरी भेगमा पर्छ । यससँगै बेलारुस युक्रेनमाथि आक्रमण गर्ने दोश्रो […]

सम्बन्धित सामग्री

युक्रेन आक्रमण रुसलाई महङ्गो पर्दै, १४ हजार २ सय सैनिक मारिएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका क्रममा हालसम्म १४ हजार २ सय रुसी सैनिक मारिएको युक्रेनी पक्षले दाबी गरेको छ । युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएदेखि हालसम्म अनुमानित १४ हजार २ सय रुसी सैनिक मारिएको दाबी गरेको हो । यद्यपि युक्रेनी पक्षको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बीबीसीले जनाएको […]

दश लाख मानिसले युक्रेन छाडे : संयुक्त राष्ट्र सङ्घ

रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले युक्रेन छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । उनीहरु युक्रेन छोडेर छिमेकी देशमा पुगेका छन् । गएको बिहीवार आक्रमण सुरु भएपछि सात दिनमा दश लाखले युक्रेन छाडेका र एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने जोखिम बढेको राष्ट्र सङ्घको विवरणमा उल्लेख छ । उनीहरूलाई थप सहायताको आवश्यकता पर्ने पनि राष्ट्र सङ्घले जनाएको छ । युक्रेनमाथि अतिक्रमण थालेपछि रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार पाँच सय सैनिक मारिएका छन् भने झण्डै १६...

बेलायतले खोल्यो, युक्रेनमा आक्रमण गर्ने रुसी सेनाको योजना

युक्रेन र रुसबीच तनाव उत्कर्षमा छ र दुवै देशका लाखौं सैनिक आमनेसामने तैनाथ छन् ।  यता अमेरिकाले रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्छ भन्दै आएको छ । । यसैबीच बेलायतले रुसी सेनाले युक्रेनमा चौतर्फी हमला गर्ने योजना बनाएको खुलासा गरेको नक्सा सार्वजनिक गरेको छ । बेलायतको रक्षा मन्त्रालयले सोभियत संघको विघटनपछि पहिलो पटक रुसले […]

फेब्रुअरी १६ मा रूसले युक्रेनमाथि आक्रमण गर्न सक्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन्।युक्रेन र रूसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो। जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै उनले भने, 'हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।'उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन्। यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ। रूसले युक्रेन सीमा नजिकै एक लाखभन्दा बढी सैनिक परिचालन गरेको छ।सेनाको उपस्थि

युक्रेन सीमा नजिक खटिएका केही रुसी सैनिक अड्डा फर्किने

युक्रेन सीमा नजिक तैनाथ रहेका केही रुसी सैनिकहरू आफ्नो अड्डातर्फ फर्किरहेको मस्कोले जानकारी दिएको भनी समाचार संस्था एएफपीले खबर दिएको छ ।  रुसी सैनिकहरू सीमा नजिक खटिँदा युक्रेनमाथि आक्रमण हुन लागेको भनी आशंका व्यक्त गरिएको थियो ।  ‘दक्षिणी र पश्चिमी सैन्य क्षेत्रमा रहेको सैनिक इकाइहरू आफ्नो अड्डातिरै फर्किन थाल्नेछन्,’ रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

रुसले ओलम्पिक चलिरहेको बेलामा समेत युक्रेनमा आक्रमण गर्न सक्ने अमेरिकाको चेतावनी

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमाथि अमेरिकाको आक्रमण कुनै पनि बेलामा हुन सक्ने बताएका छन् ।  चीनको बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेको बेलामा समेत आक्रमण हुन सक्ने उनको भनाइ छ ।  युक्रेन सीमामा रुसले थप सैनिक तैनाथ गरेको बताउँदै उनले ओलम्पिक चलिरहेको बेलामा समेत आक्रमण हुन सक्ने चृतावनी दिएका हुन् ।  आफ्नो साझेदार चीनको मन राख्नका लागि बेइजिङ ओलम्पिकसम्म मस्कोले धैर्य गर्ने सुझावलाई ब्लिन्केनले बेवास्ता गरेका छन् ।

युक्रेन तनाव बढेपछि रुसले सीमानजिक तैनाथ गर्‍यो प्याराट्रूपर सैनिक (भिडियो)

युक्रेन तनाव बढ्दै गएपछि रुसले सीमा नजिक शीर्ष प्याराट्रूपरहरू तैनाथ गरेको छ ।  सैनिक र उपकरणहरू बोकेको एक ट्रेन सम्भावित युद्धक्षेत्रमा पश्चिमतर्फ गइरहेको देखिएको छ । युक्रेन र बेलारुस दुवैको सीमा नजिक रहेको रुसको ब्य्रान्स्क क्षेत्रमा सेना गइरहेको देखिन्छ ।  रुसले युक्रेनमा आक्रमण गर्ने निर्णय लिएमा भयंकर परिणाम बेहोर्नुपर्ने अमेरिकाका राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन् । रुसले चाहिँ युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने माग राखेको छ र युक्रेनमाथि आक्रमण गर्न लागेको कुरा झूटो भएको बताएको छ । युक्रेन ...

दूतावास कर्मचारीका परिवारलाई युक्रेन छोड्न अमेरिकाको निर्देशन

एजेन्सी, १० माघ। अमेरिकाले युक्रेनस्थित रहेको आफ्नो दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छोड्न निर्देशन दिएको छ। युक्रेनमा रुसी सेनाले आक्रमण गर्ने तयारी गरेको रिपोर्टलाई आधार मानेर अमेरिकाले यस्तो निर्देशन जारी गरेको हो। त्यहाँ रहेका अमेरिकी नागरिकलाई पनि तत्काल देश छाड्न भनिएको छ ।तर, रुसले भने बारम्बार सैनिक हस्तक्षेपको विषयलाई नकार्दै आएको छ। अमेरिकाले युक्रेन र रुसको […]

रुसले आक्रमण गरेमा तेस्रो विश्वयुद्ध शुरू हुन्छ : युक्रेनी मन्त्री

रुसले युक्रेनमाथि आक्रमण गरेमा विश्वव्यापी द्वन्द्व शुरू हुने र यही चर्किएर तेस्रो विश्वयुद्ध हुने युक्रेन सरकारका एक मन्त्रीले चेतावनी दिएका छन् ।  सेवानिवृत्त सैनिक मामिलामन्त्री युलिया लापुतिनाले युक्रेन रुसको आक्रमणको सामना गर्न तयार रहेको बताएकी छन् ।  तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणको परिणाम दीर्घकालीन हुने र त्यो युक्रेनमा मात्र सीमित नरहने उनले चेतावनी दिइन् । ‘रुसले आक्रमण गरेमा बाल्कन क्षेत्रलाई पनि ध्यान दिनुपर्ने हुन्छ । रुसीहरूले सर्बियामा चलखेल गरेर बाल्कन क्षेत्रमा द्वन्द्व चर्काउन खोज...

रुसले सन् २०२२ को शुरूतिर युक्रेनमा आक्रमण गर्न लागेको अमेरिकाको दाबी

रुसले युके्रनविरुद्ध सन् २०२२ को आरम्भतिर सैन्य आक्रमण गर्नलाई योजना बनाएको शुक्रवार प्रकाशित एक प्रतिवेदनले जारी गरेको छ ।  द वाशिङटन पोस्टले प्राप्त गरेको एक गुप्तचरी दस्तावेजमा युक्रेन सीमामा रुसले सैनिक र सरसामान तैनाथ गरेको देखिन्छ । त्यहाँ रुसका कुल ७० हजार सैनिक रहेको बताइएको छ ।  सन् २०१४ मा क्राइमिया नजिक रुस र युक्रेनको सीमामा यसैगरी रुसी सैनिकहरू तैनाथ गरिएका थिए । त्यसपछि रुसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्राइमिया कब्जामा लिएको थियो ।  युक्रेनले रुसका ९४ हजार सैनिक सीमा नजिक तैनाथ गरि...