पढाइ सुरु भयो, खै पुस्तक ?

लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा पठनपाठनमा समस्या भएको छ

सम्बन्धित सामग्री

विद्यालयमा पुगे पाठ्यपुस्तक

यस वर्षको शैक्षिक सत्र सुरु हुन लाग्दा नै जिल्लाका सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । विगतका वर्षमा सबै सामुदायिक विद्यालयमा समयमा पाठ्यपुस्तक पुग्न नसक्दा पढाइ प्रभावित हुँदै आएकोमा यो वर्ष भने चैत मसान्तभित्रै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको जिल्ला शिक्षा समन्वय एकाइ पूर्वी नवलपरासीका प्रमुख रुद्र शर्माले बताउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले पालिकालाई समेत समयमै बजेट उपलब्ध गराएका कारण यो वर्ष जिल्लाका सबै सामुदायिक विद्यालयले पाठ्यपुस्तक पाएका र अब वैशाखको पहिलो हप्तासम्म सबै विद्यार्थीको हातमा पुस्तक पु¥याउने र दोस्रो हप्तादेखि पढाइ सुरु गरिने गरी आवश्यक परिपत्र गरिएको प्रमुख शर्माले बताउनुभयो ।

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम

सर्लाहीको चक्रघट्टा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा पहिलो पटक अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु भएको छ । गाउँपालिका–८ स्थित औरहीमा रहेको जनता माध्यमिक विद्यालयमा बाल विकास कक्षाबाट अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरिएको हो । विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमकै अवसर पारेर गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले बाल विकासका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमको पुस्तक वितरण गर्दै सो अभियानको शुभारम्भ गर्नुभएको हो ।

खोइ किताब ?

सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका विद्यालयमा पढाइ सुरु भइसकेको छ । तर विद्यार्थीहरूको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । अभिभावकहरू भने दिनदिनै नजिकका पाठ्यपुस्तक पाइने पसलमा धाइरहेका भए पनि पुस्तक नपाएर रित्तै फर्कने गर्छन् ।

पुस्तक नपुग्दा पढाइ प्रभावित

रुकुम पूर्वका विभिन्न विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि आइतबारसम्म पाठ्यपुस्तक उपलब्ध नहुँदा पढाइ सुरु हुन नसकेको हो । जिल्लामा १ सय १६ वटा सामुदायिक विद्यालय छन् । कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक रुकुमकोट आइपुगेको बताइएको छ । तर, ती पनि विद्यालयसम्म पुग्न सकेका छैनन् ।

अझै पुगेनन् पाठ्यपुस्तक

चालु शैक्षिक सत्र सुरु भएको ६ महिना बित्नै लाग्दासमेत दार्चुलाको अपी हिमाल गाउँपालिकाका विद्यालयहरूले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । यो वर्ष ढिला गरी पढाइ सुरु भएको र अहिलेसम्म पुस्तक नपाउँदा विद्यार्थीहरू मर्कामा परेका छन् ।

हुम्लाका २५ वटा विद्यालयमा पुरानै पाठ्यपुस्तकबाट पढाइ सुरु

दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाका विद्यालयमा नयाँ पाठ्यपुस्तक बिनै पठन पाठन सुरु भएको छ । कोरोना त्रास कम भएको निष्कर्ष निकाल्दै पुस्तक नआएको भएपनि गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाका सबै विद्यालयमा पुराना पुस्तकका आधारमा पठन पाठन सुरु भएको हो । बाल कल्याण प्राथमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर शाहीले नयाँ शैक्षिक सत्रको पठन पाठन सुरु भएपनि पाठ्य पुस्तक आई नपुगेको बताउनुभयो । गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरे अनुसार उहाँले हाल पुराना पुस्तकबाट गाउँपालिकाका सबै विद्यालयले पठन पाठन सुरु गरेको बताउनुभयो । पुराना पुस्तक भएका विधार्थीहरुले लिएर आउने तर नभएका विद्यार्थी खाली हात विद्यालयमा आउने गरेका छन् । कक्षामा शिक्षकले पुरानै पुस्तकका आधारमा पठन पाठन सुरु गर्नु भएको छ । उहाँले विद्यालय खुलेपछि बाध्य भएर शिक्षकहरु पुराना पुस्तकबाट पढाई सुरु गरि रहेको बताउनुभयो ।

https://www.onlinekhabar.com/2020/02/836218

१ फागुन, काठमाडौं । बिहीबारदेखि पाँचवटा हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । पुस्तकको मूल्य निर्धारण प्रक्रियामा ढिलाइ हुँदा नयाँ कक्षामा पढाइ सुरु गरेका ती जिल्लाका विद्यार्थीले पुस्तक कहिले पाउने हो अन्योल भएको …

पाठ्यपुस्तक पाएपछि विद्यार्थी दङ्ग

नयाँ शैक्षिक सत्रको पढाइ सुरु भएकै दिन पाठ्यपुस्तक हातहातमा पाएपछि विद्यार्थी खुसीले फुरुङ्ग भएका छन्। यो वर्ष भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाएका हुन्। विगतका वर्षमा लामो समयसम्म पनि विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्दैनथ्यो। समयमै पाठ्यपुस्तक वितरण भएपछि शैक्षिक गुणस्तर वृद्धि हुने विश्वास गरिएको छ। विगतका वर्षमा पुस्तक अभावमा पढाइसमेत प्रभावित हुने गरेकामा यस वर्ष समयमै पुस्तक पाएपछि पठनपाठन पनि सहज भएको विद्यालयले जनाएका छन्। यस वर्ष सामुदायिक विद्यालयका १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक विद्यालयमा पुगिसकेका छन्। जिल्लाको दुर्गम धवलागिरि गाउँपालिकाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको र वि