पाठ्यपुस्तक पाएपछि विद्यार्थी दङ्ग

नयाँ शैक्षिक सत्रको पढाइ सुरु भएकै दिन पाठ्यपुस्तक हातहातमा पाएपछि विद्यार्थी खुसीले फुरुङ्ग भएका छन्। यो वर्ष भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाएका हुन्। विगतका वर्षमा लामो समयसम्म पनि विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्दैनथ्यो। समयमै पाठ्यपुस्तक वितरण भएपछि शैक्षिक गुणस्तर वृद्धि हुने विश्वास गरिएको छ। विगतका वर्षमा पुस्तक अभावमा पढाइसमेत प्रभावित हुने गरेकामा यस वर्ष समयमै पुस्तक पाएपछि पठनपाठन पनि सहज भएको विद्यालयले जनाएका छन्। यस वर्ष सामुदायिक विद्यालयका १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक विद्यालयमा पुगिसकेका छन्। जिल्लाको दुर्गम धवलागिरि गाउँपालिकाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको र वि

सम्बन्धित सामग्री

विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण

बैतडी – बैतडीमा विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक पनि वितरण थालिएको छ । गत विगतका वर्षमा समयमै पुस्तक अभाव हुने गरेको भए पनि यो वर्ष समयमै पाठ्यपुस्तक जिल्ला पुगिसकेका छन् । जिल्लाभरिका विद्यार्थीलाई आवश्यक पर्ने सबै पाठ्यपुस्तक पुगिसकेको र विद्यार्थी भर्नासँगसँगै पाठ्यपुस्तक वितरणको काम पनि जारी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले […]

ताप्लेजुङका विद्यालयमा पाठ्यपुस्तक पुग्यो

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघिदेखि पाठ्यपुस्तक जान थालेसँगै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको हो । यस वर्ष समयमा नै सामुदायिक विद्यालयमा पुस्तक पुगेपछि शिक्षक, विद्यार्थी साथै अभिभावक हर्षित भएका छन् । कुनै बेला प्रथम त्रैमासिक परीक्षाको समयमा पाठ्यपुस्तक नपुगेर समस्या खेप्नुपर्ने अवस्था हुने […]

पाठ्यपुस्तक विना परीक्षा दिँदै विद्यार्थी

सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन्।...

मुगुका दुई पालिकामा अझै पुगेन पाठ्यपुस्तक, सात हजार विद्यार्थी अन्योलमा

शैक्षिक सत्र सुरु भएको लामो समय बित्दा पनि मुगुको खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा अझै पाठ्यपुस्तक पुगेको छैन। डेढ महिना बित्दासम्म पाठ्यपुस्तक नपुगेपछि दुई गाउँपालिकामा रहेका ७८ विद्यालयमा अध्ययनरत करिब...

लमजुङमा नयाँ पाठ्यपुस्तक अभावः भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप

करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावितपश्चात सुरु हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावले प्रभावित भएको छ। विद्यार्थी चिन्तित छन्। समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप छ।...

माग्दीमा पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी अन्याेलमा

काठमाडाैँ- नयाँ शैक्षिकसत्र सुरुको तीन साता बितिसक्दा पनि म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयमा पाठ्यपुस्तक अभाव भएको छ। यसबाट पठनपाठन प्रभावित हुन थालेको छ भने विद्यार्थीहरू विद्यालय जान मानेका छैनन्। गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउन नसकेका हुन्। विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा […]

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

शैक्षिक सत्र सुरु भइसक्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन । यहाँका एक सय ४० सामुदायिक तथा निजी विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थी पाठ्यपुस्तकविनै खाली हात माथिल्लो कक्षा उक्लेका छन् । महाकाली नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सोनी शाहीले समयमै पुस्तक हात नपर्दा पढाई बिथोलिने गरेको बताइन् । मुगुमा अन्य हिमाली जिल्लामा जस्तो इन्टरनेटको सहज पहुँच पनि छैन । समयमै विद्यालयमा पाठ्यपुस्तक पुगे पुस्तक हेरेरै भए पनि पढ्न सकिने अर्का विद्यार्थी कर्णवीर मल्लले ब

पाठ्यपुस्तक छपाइमा सरकारको लापरवाही

सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचेक्राँइले देशभरका माध्यामिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।५ जेठबाट शैक्षिक सत्र शुरू भएपनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो । विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म […]

पाठ्यपुस्तक छपाइमा सरकारको हेलचेक्राइ, विद्यार्थी समस्यामा

सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्र्याइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।  जेठ ५ गतेबाट नै शैक्षिक सत्र शुरु हुने भएपनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो ।विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्य पुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ । स्थानीय निर्वाचनको तयारीमा सरकार

तीन महिनादेखि पाठ्यपुस्तक बिना पढ्दै विद्यार्थी

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिकाका विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । शैक्षिकसत्र सुरु भएको सात महिना र दोस्रो लहरको कोरोनापछि विद्यालय खुलेको तीन महिना बितिसक्दा पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पढ्न पाएका छैनन् । सो गाउँपालिकाका शिक्षकले पनि यो आर्थिक वर्ष सुरु भएदेखि तलब भत्ता पाएका छैनन् । श्री जनता माद्यामिक विद्यालय खुदी बखारी कुपही ६ […]