यदि अहिले धानको बीमा गरिएको भए किसानले सजिलै क्षतिपूर्ति पाउँथे । तर, धानको बीमा हुन्छ भन्ने धेरै किसानलाई थाहा नै भएन । किसानलाई थाहा नहुनुमा बीमा कम्पनी तथा अन्य जिम्मेवार निकायले पनि आफ्नो भागमा परेको दोष स्वीकार गर्नुपर्छ ।
अहिलेको बेमौसमी वर्षाले किसानको धानबालीमा धेरै नै नोक्सान पुर्यायो । यदि धानबालीको बीमा गरिएको भए बीमा कम्पनीले अवश्य नै क्षतिपूर्ति दिन्थे ।
बीमा कसरी गर्ने के गर्ने भन्ने सम्बन्धमा थाहा नभएको पनि हुनसक्छ । बीमा कम्पनीले देशभर कृषि बीमा सम्बन्धी शाखाहरु खोलेका छन् । ती शाखामा सम्...