महाभियोग प्रकरणमा माधवको खुलासा : बालकोटको योजनामा पार्टी समाप्त पार्ने षड्यन्त्र थियो

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बालकोटको षड्यन्त्रअनुसार चल्न खोजेपछि महाभियोग लगाइएको खुलासा गरेका छन् । उनले चोलेन्द्रको नामै नलिई फागुन १ गते पार्टीलाई नै सिध्याउने गरी षड्यन्त्र भएकाले त्यसलाई चिर्न सत्ता गठबन्धन सफल भएको बताए । उनले बालकोटको त्यस्तो षड्यन्त्रसम्बन्धी सूचना आफूले पाएको बताए । ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने सबै दुई हप्तादेखिका षड्यन्त्रहरू एक मिनेटमा चुट्की बजाएर समाप्त भएको छ । फागुन १ को षड्यन

सम्बन्धित सामग्री

गठबन्धन टुटाउने षड्यन्त्र भएको छ : प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनले आज चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले षड्यन्त्र हुन नदिन गठबन्धनका पक्षमा जुट्न आग्रह गर्नुभयो । गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, […]

प्रधानमन्त्री देउवाले भने– ‘गठबन्धन टुटाउने षड्यन्त्र भरतपुरबाट हुनु हुँदैन’

चितवन– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताएका छन् । पाँच दलीय गठबन्धनले आज चितवनको भरतपुरमा गरेको आमसभामा प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई उनले आग्रह गरेका हुन् । उनले भने, “गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यो षड्यन्त्रबाट हाम्रो पार्टी खत्तम हुन्छ, उहाँहरूको पनि खत्तम […]

संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम रहेको बताएका छन् । सोमबार रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै जारी राखेको बताएका हुन् । ‘अझैपनि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोकिएको छैन’, प्रचण्डको भ

प्रचण्ड र महराले देखेको देश भित्र र बाहिरबाट ठूलो षड्यन्त्र

काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलै षड्यन्त्र भइरहेको बताएका छन् । उनले गृहजिल्ला चितवनमा सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र भएको बताएका हुन् । प्रचण्डले षड्यन्त्रबारे बोलेकै दिन माओवादीका प्रवक्ता कृष्णबहादुर महराले पनि यसबारे बोले । उनी बुटवल पुगेर बाह्य शक्तिले सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र गरिरहेको टिप्पणी गरेका हुन् । प्रचण्डले गठबन्धनलाई […]

गच्छेदारले भनेः मविरुद्ध षड्यन्त्र

काठमाडौं, ६ असोज । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदारले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् । आफूलाई ललिता निवास जग्गा प्रकरणमा झुटा मुद्दा लगाएर फसाउने षड्यन्त्र गरिएको बताएका हुन् । आज पत्रकार सम्मेलन आयोजना गरी गच्छेदारले भने, ‘मविरुद्ध षड्यन्त्र भयो, झुटा मुद्दा लगाएर फसाउन खोजियो ।’ उनले ललिता निवास जग्गा प्रकरणमा आफू निर्दोष भएको दाबी गरे […]

एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। त्यस्तो षड्यन्त्र एमसिसीलाई प्रयोग गरेर हुन खोजेको पनि दाहालले बताए। त्यो षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको उनको बुझाइ छ। ‘तपाईँहरूले देख्नुभएको छ, यो गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। देशभित्र र बाहिरबाट। यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन हो। यसले राष्ट्रको […]

हतारहतार विश्वासको मत लिनु भनेको एमाले फुटाउने षड्यन्त्र हो: भीम आचार्य

‘त्यो एमालेलाई विभाजित गर्ने कुश्चित षड्यन्त्र अन्तर्गत सबचिज भएको छ, यो एमाले फुटाउने षड्यन्त्र हो।’

एमाले फुटाउने षड्यन्त्र भइरहेको छ, सचेत रहौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले फुटाउने षड्यन्त्र भइरहेकोले सचेत हुनुपर्ने बताएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेकोले सचेत हुनुपर्ने उनले बताए । उनले भने, ‘एमालेविरुद्ध अझै षड्यन्त्र हुन सक्छ । अध्यादेश ल्याएर पार्टी फुटाउने खेल […]

शीतलनिवासबाट रातारात अर्को षड्यन्त्र भयो : जनार्दन

पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले राष्ट्रपति निवास शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको टिप्पणी भएको छ ।  बिहीवार राति एक ट्वीट गर्दै उनले राष्ट्रियता र संघीय गणतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको उनले बताएका हुन् ।  उनले भनेका छन्,'राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शितल निवास बाट फेरि अर्को षड्यन्त्र ।' राष्ट्रपति कार्यालयबाट संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया शुरू गर्न आह्वान भएको थि...

चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र ओलीको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भएको बताए । सोमबार नेकपा प्रचण्ड¬–माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको बताए ।निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र […]