स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा नगद लाभांश प्रस्ताव

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश दिने भएको छ ।सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले प्रतिकित्ता १६ रुपैयाँ ५० पैसा (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण गर्नेछ । यसपटक बैंकले बोनस […]

सम्बन्धित सामग्री

स्ट्याण्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंककी अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।  सभापछि जारी गरिएको विज्ञप्तिअनुसार बैंकले आर्थिक वर्ष २०२२÷२३ का लागि ४.९७ बिलियन सञ्चालन नाफा गरेको छ । बैंकको आम्दानी ४७ प्रतिशतले बढेर ७ अर्ब ८ करोड रुपैयाँ र करपछिको नाफा ५३.६ प्रतिशतले बढेर ३ अर्ब ५० करोड पुगेको छ ।  साधारण सभाले चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश शेयरधनीलाई दिने प्रस्ताव पारित गरेको छ । यो लाभांश ५ वर्षयताकै उच्च हो भने गत वर्षको तुलनामा २.५५ प्रतिशत बढी हो ।  बैंकका अध्यक्ष दारुवालाले जोखिम व्यवस्थापनको बलियो आधारशिलामा बैंकको फोकस र पूँजीलाई अप्टिमाइज गर्ने रणनीतिले देशमा बैंकको सञ्चालनको इतिहासमा सबैभन्दा उच्च वित्तीय प्रतिफल दिन सफल भएको बताइन् । ‘हामी वित्तीय कार्यसम्पादन सुधार जारी राख्नेछौं, किनकि राम्रो सेयरहोल्डर रिटर्नको लागि रणनीति कार्यान्वयन गर्नु हाम्रो प्राथमिक फोकस हुनेछ,’ उनले भनिन् ।  बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत शेयर रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गर्‍यो गत वर्षको भन्दा बढी लाभांश

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । कात्तिक १३ गते दिउँसो ३:१५ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा वितरण गर्ने प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय बैंकले गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरणयोग्य हुनेछ । बैंकले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट बैंकले कर समेत १६ दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्ला दुई आर्थिक वर्ष बैंकले नगद लाभांशमा मात्र जोड दिएको छ ।

दुई ओटा वाणिज्य बैंकसहित ४ ओटा कम्पनीको साधारण सभा आज

मंसिर २८, काठमाडौं । चार ओटा कम्पनीको साधारण सभा आज (मंगलवार) हुने भएको छ । मेगा बैंक, सोल्टी होटल, स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपाल र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । मेगा बैंकले बिहान ११:१५ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा गर्ने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले यस बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले बिहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा सभा गर्ने भएको छ । सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ । त्यस्तै सोल्टी होटलले बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहचल काठमाडौंमा सभा हुने जानकारी दिएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन । त्यसैगरी, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बिहानको १० बजे होटल पोखरा ग्राण्ड पोखरा १७ पार्दीमा सभा गर्न लागेको छ । सभाले २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

मेगा बैंकसहित ४ ओटा कम्पनीको साधारण सभा मंगलवार हुँदै

मंसिर २७, काठमाडौं ।  चार ओटा अलग - अलग कम्पनीले मंगलवार साधारण सभा बोलाएका छन् । मेगा बैंक,सोल्टी होटल, स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपाल र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । मेगा बैंकले बिहान ११ः१५ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा गर्ने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले यस बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैक अफ नेपालले बिहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा सभा गर्ने भएको छ ।सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ ।  त्यस्तै सोल्टी होटलले बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहचल काठमाडौंमा सभा हुने जानकारी दिएको छ  ।सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै लाभांश  प्रस्ताव गरेको छैन ।  त्यसैगरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बिहानको १० बजे होटल पोखरा ग्राण्ड पोखरा १७ पार्दीमा सभा गर्न लागेको छ । सभाले २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

दुई वाणिज्य बैंक सहित ३ ओटा कम्पनीको शेयरमूल्य समायोजन

मंसिर १०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार दुई ओटा वाणिज्य बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड बैंक र बैंक अफ काठमाण्डूसँगै प्राइम लाईफ इन्स्योरेन्सको बोनस शेयरको मूल्य समायोजन गरेको छ । तीनै ओटा कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४८६ दशमलव ४५ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५३५ दशमलव १० को आधारमा शेयरमूल्य समायोजन भएको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले यसवर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते ३५ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आफ्नै प्रधान कार्यालय नयाँ बानेश्वर, काठमाडौंबाट भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभा बिहान १० बजेदेखि शुरु हुनेछ । त्यस्तै, नेप्सेले बैंक अफ काठमाण्डूलेको १० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. ३१० दशमलव तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. ३४१ मा अन्तिम कारोबार भएको थियो । बैंक अफ काठमाण्डूले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कम्पनीले जानकारी गराएको हो । त्यसैगरी, प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ७५६ दशमलव ५२ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ८७० को आधारमा शेयरमूल्य समायोजन भएको हो । प्राइम लाइफ इन्स्योरेन्सले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे गर्ने कम्पनीले जानकारी गराएको छ ।

नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर १० गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । बैंकको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता ४८६.४५ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५३५.१० थियो । बैंकले  मङ्सिर २८ गते मंगलार नयाँ बानेश्वर स्थित आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्न लागेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.०६ प्रतिशत नगद लाभांश गरि कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ। कम्पनीको  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्ताव१. आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक वितीय विवरणहरू पारित गर्ने ।३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको ३.०६ प्रतिशत (प्रति शेयर रू.३.०६ (अक्षरेपी तीन रूपैयाँ ६ पैसा) का दरले नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।४. आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार वर्तमान लेखापरीक्षक एसआरपाण्डे एण्ड क. चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्तिका लागि योग्य रहेको)विशेष प्रस्ताव :१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत (प्रति १०० शेयरमा १० शेयर) का दरले बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।२. बैंकको प्रबन्धपत्रको दफा ५ (क), (ख) र (ग) मा संशोधन स्वीकृत गर्ने ।३. प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेरबदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिन स्वीकृत प्रदान गर्ने ।

३ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर ९, काठमाडौं । दुई ओटा वाणिज्य बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड बैंक र बैंक अफ काठमाण्डूसँगै प्राइम लाईफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ ।  ती तीन ओटै कम्पनीहरुले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । उक्त सभा प्रयोजनका लागि मंसिर १० गते एक दिन बुक क्लोज गर्ने भएकाले मंसिर ९ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते ३५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय नयाँ बानेश्वर,काठमाडौंबाट भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।  सभा विहान १० बजेदेखि शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई पनि टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीको सञ्चालक समितिले वितरण गर्ने निर्णय गरेको कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांशलाई पनि सभाले अन्तिम रुप दिनेछ । कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  त्यस्तै बैंक अफ काठमाण्डूले मंसिर २९ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष ०७७/ ७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कमपनीको गत कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गतेका लागि १४ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे बोलाएको हो । कम्पनीले यस वर्ष आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  साथै सभाले कम्पनीका अधिकृत पूँजी वृद्धि गरी रू. ५ अर्ब कायम गर्ने, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने, कम्पनीको शेयर लगानी अनुपात परिवर्तन गरी संस्थापकतर्फ ६० प्रतिशत तथा सर्वसाधारणतर्फ ४० प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।  सभाले सर्वसााधरण शेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

स्ट्याण्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २८ गते मंगलार नयन बानेश्वर स्थित आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.०६ प्रतिशत नगद लाभांश गरि कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ। कम्पनीको  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्ताव १. आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक वितीय विवरणहरू पारित गर्ने । ३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको ३.०६ प्रतिशत (प्रति शेयर रू.३.०६ (अक्षरेपी तीन रूपैयाँ ६ पैसा) का दरले नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्ने । ४. आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार वर्तमान लेखापरीक्षक एसआरपाण्डे एण्ड क. चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्तिका लागि योग्य रहेको) विशेष प्रस्ताव : १. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत (प्रति १०० शेयरमा १० शेयर) का दरले बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने । २. बैंकको प्रबन्धपत्रको दफा ५ (क), (ख) र (ग) मा संशोधन स्वीकृत गर्ने । ३. प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेरबदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिन स्वीकृत प्रदान गर्ने ।

हिमालयन बैंकको पाँच वर्षे लाभांश इतिहास : यसवर्ष तीन वर्ष पछिकै उच्च

असोज २७, काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट हाल ९ ओटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकले हालसम्म लाभांश सार्वजनिक गरेका हुन् ।  हालसम्म सार्वजनिक ९ ओटा वाणिज्य बैंकहरुको प्रस्तावित लाभांशलाई हेर्दा हिमालयन बैंकले सर्वाधिक २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले यस वर्ष २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ दशमलव ६२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष बैंकले विगत तीन वर्षपछिकै उच्च लाभांश वितरण गर्न लागेको हो ।  गत वर्ष १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १२ प्रतिशत नगद लाभांश गरी कुल २२ प्रतिशत लाभांश वितरण गरेको थियो । विगत पाँच वर्षको लाभांश इतिहासलाई हेर्दा बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सबैभन्दा कम कुल १५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।  उक्त वर्षको मुनाफाबाट बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट भने बैंकले यस वर्षको भन्दा पनि बढी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।  त्यस वर्षको मुनाफाबाट बैंकले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार बैंकको चुक्तापूँजी रू. १० अर्ब ६८ करोड ४४ लाख रहेको छ । उक्त अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब १६ करोड ९८ लाख ८४ हजार रहेको छ ।                                                                  स्रोतः बैंकद्वारा जारी सूचना