स्ट्याण्डर्ड चार्टर्ड बैंक र आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुई कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछन् । सोही कारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीका साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनछन् ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २४ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३७ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा उक्त दिन दिउँसो १ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै आरएसडिसी लघुवित्तले मंसिर १५ गते वेष्टर्न एसियन होटल प्रा.लि. बुटवल, कालिकानगर मा दशौं वार्षिक साधारण सभा आयोजना गरेको छ ।  सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

सम्बन्धित सामग्री

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले उक्त रेटिङ पाएको हो । रेटिङका विषयमा इक्राले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतलाई मूल्यांकनको आधार बनाएको बताएको छ । रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो । साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले लगातार पाँच वर्षसम्म ‘थ्रि ए’ रेटिङ पाउनुले ग्राहक र सरोकारवालाप्रतिको बैंकको प्रतिबद्धता बलियो रहेको प्रमाण भएको बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले उक्त रेटिङ पाएको हो । रेटिङका विषयमा इक्राले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतलाई मूल्यांकनको आधार बनाएको बताएको छ । रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो । साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले लगातार पाँच वर्षसम्म ‘थ्रि ए’ रेटिङ पाउनुले ग्राहक र सरोकारवालाप्रतिको बैंकको प्रतिबद्धता बलियो रहेको प्रमाण भएको बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा ‘शिशु स्याहार सुविधा’ थप

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना कर्मचारीका लागि ‘शिशु स्याहार सुविधा’ बढाएको जानकारी दिएको छ । यो सुविधालाई समतामूलक र समावेशी संस्कृतिको जगेर्ना गर्ने बैंकको प्रतिबद्धताको एक हिस्साको रूपमा लिइएको बैंकको भनाइ छ । डिसेम्बर २०२३ देखि लागू हुने यो व्यवस्थामा आमाबाबु (बैंकका कर्मचारीहरू)लाई अब कम्तीमा २० हप्ता अर्थात् १४० क्यालेन्डर दिन सुविधा दिन पाइने बताइएको छ । यसको लाभ परिवारमा जोडिएका जुनसुकै सन्तान (धर्मपुत्र) समेतका लागि लिन सकिने बताइएको छ । बैंकले सबै कर्मचारीलाई बालबालिकाको हेरचाह गर्ने जिम्मेवारीमा समान रूपमा भाग लिन सक्ने गरी अवसर प्रदान गरेको बताइएको छ । बैंकका मानव संसाधन प्रमुख राजन उदासले बालबालिकालाई परिवारमा स्वागत गर्नु महत्त्वपूर्ण अवसर रहेको भन्दै बैंकले यस महत्त्वपूर्ण अवसरमा सहकर्मीलाई सहयोग गर्न चाहेको बताए । यसले संस्था र व्यक्ति दुवैको कार्यशैलीमा प्रभावकारिता आउने उनको भनाइ छ । यसबाट परम्परागत सामाजिक मान्यता कायम हुने उनले बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच सम्झौता भएको छ ।सम्झौतासँगै युनिलिभरका वितरकलाई बैंकले आपूर्ति आवद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने भएको छ । यस कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृति प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानको लाभ लिन सक्नेछन् ।बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगी […]

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभरबीच सम्झौता

काठमाडौं (अस) । स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपाल कम्पनीबीच सम्झौता गरिएको छ । युनिलिभरका वितरकहरूलाई वित्तीय सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिएको हो । सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिश गरिएका वितरकहरूले बैंकद्वारा स्वीकृति प्राप्त भएका व्यापार वित्तीय समाधानहरूमा लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला वितरकहरूलाई पर्याप्त वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बैंकको भनाइ छ । त्यसबाट वितरकहरूलाई कठिन समयमा समेत वित्तीय स्थिरता सुनिश्चित गर्न सघाउ पुग्ने बैंकले विश्वास गरेको छ । साथै ठूला कर्पोरेटहरूलाई थप दिगो एवं लचिलो आपूर्ति आबद्धता लागू गर्न पनि टेवा पुग्ने बताइएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड र युनिलिभर नेपाल सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको बैंकले जारी गरे

स्ट्याण्डर्ड चार्टर्ड बैंक नयाँ शाखा नक्सालमा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले राजधानीको नारायण चौर नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो ।शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भने, “हामी नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित छौं। नयाँ स

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा नक्सालमा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाडौंको नारायण चौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको डेपुटी सीईओमा गोरख राणा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा गोरख राणा नियुक्त भएका छन् । बैंकले १ जनवरी २०२२ देखि लागू हुने गरी राणालाई सो पदमा नियुक्त गरेको जानकारी दिएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको हो ।जसअन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा […]