धनुषाको सबैला नगरपालिकामा कोरोनाविरुद्धको खोप वितरणमा लापरबाही देखिएको छ । सबैला नगरपालिका वडा नम्बर ५ स्थित मखनाहा स्वास्थ्य चौकीमा खोप कार्ड नै नदिई स्थानीयलाई खोप लगाएको पाइएको हो ।स्वास्थ्य चौकी इन्चार्ज रम्भा यादवले पछिल्लो चरणमा मात्रै साढे तीन सयभन्दा बढी व्यक्तिलाई सादा पेपरमा खोप लगाइएको भनि लेखेर दिने गरिएको बताइन् । उनले भनिन्, ‘हामीलाई नगरपालिकाले कार्ड नपठाएपछि तत्काल सादा पेपरमा लेखेर दिएका छौँ, पछि कार्ड बनाइदिने भनेका छौँ ।’तर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जयकु