सिरहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको नरहा गाउँ पालिका ३ खोरीयाका मोहम्वद अकवर मियाँकी छोरी करिव ११ वर्षिय गुडिया खातुनको बुधबार अपरान्ह पोखरीमा डुबेर मृत्यु भएको हो ।साथीहरुसँग बाख्रा चराउन गएकावेला गाउँ नजीकैको पोखरीमा नुहाउने क्रममा डुबेको वडा अध्यक्ष मोहम्वद रुस्तम अन्सारीले जानकारी दिए । उनका अनुसार बच्चा डुबेको खवर पाउनासाथ गाउँबाट युवाहरु गएर उद्धार गरी जिल्लाकै धनगढीमाई नपा ९ मा रहेको आरके मेरीसीटी अस्पतालमा उपचारको लागि लगेको भएपनि अस्पतालले मृत घोषणा गरेको बताए ।शव