पाकिस्तान - प्रधानमन्त्री इमरान खानविरुद्धकाे अविश्वास प्रस्ताव खारेज, संसद् भङ्ग गर्न सिफारिस

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज भएको छ । पाकिस्तानको नेशनल एसेम्बलीले आज आइतवार उहाँविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेको हो । प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदानअघि नै नेशनल एसेम्बलीका उपसभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गर्नुभएको हो । अविश्वास प्रस्ताव खारेज भएसँगै प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधित गर्दै संसद् भङ्ग गर्दै चुनाव गराउनका लागि राष्ट्रिपति आरिफ अल्भीसमक्ष सिफारिस गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।देशलाई सम्बोधन गर्दै ...

सम्बन्धित सामग्री

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा नवाज शरीफका भाइ शहबाजको सम्भावना

२७ चैत, काठमाडौं । अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । अब पाकिस्तानमा नयाँ प्रधानमन्त्री को बन्ला भन्ने चासो छ । पाकिस्तानका मिडियाका अनुसार अब पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको स्थानीय मिडियाले जनाएका छन् । सम्भवत आउँदो सोमबार शहबाजलाई सदनले […]