इमरान खान अब पाकिस्तानका प्रधानमन्त्री रहेनन्, अमेरिकाले हस्तक्षेप गरेको खानको आरोप

इमरान खान पाकिस्तानको प्रधानमन्त्री पदबाट अपदस्थ भएका छन। खान अविश्वासको प्रस्तावपछि देशको नेताबाट अपदस्थ भएका हुन्।पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खान बिरुद्द अविश्वास प्रस्ताव सफल भएको छ। १७४ सदस्यहरुले प्रस्तावको पक्षमा मतदान गरेका छन्।राष्ट्रिय सभामा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल एनका अध्यक्ष शाहबाज शरिफले पाकिस्तान सबिधान र कानुनलाई फेरी स्थापित गर्न चाहेको बताए। १० अप्रिलमा सदनले १९७३ को संबिधान पारित गरेको बिषय उनले सदनलाई स्मरण गराउदै उनले पुरानो पाकिस्तानमा तपाईहरुलाइ स्वागत भनेका छन्। इमरान खान पाकिस्तानका प्रधानमन्त्री नरहेको बारे मन्त्रिपरिषद् महाशाखाले सूचना जारी गरेको छ। सूचना अनुसार राष्ट्रपतिले संविधानको धारा ५८ (१) बमोजिम संसद विघटन गरेपछि इमरान खान अब देशका प्रधानमन्त्री नरहेको जानकारी दिएका छन्।मन्त्रिपरिषद् महाशाखाको सूचना अनुसार इमरान खान प्रधानमन्त्री नहुने सूचना तत्कालै लागू भएको छ । इमरान खानका राजनीतिक सञ्चार सल्लाहकार शाहबाज गिलले एक ट्वीटमा क्याबिनेट डिभिजनको सूचना साझा गर्दै भनेका छन्, ‘यही नियम र कानुन छन्।’अब यो पत्रपछि इमरान खानले संविधानको अनुच्छेद २२४ए–(४) अन्तर्गत कार्यवाहक प्रधानमन्त्री नआएसम्म प्रधानमन्त्रीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नेछन् । इमरान खानलाई आर्थिक कुप्रबन्धन र देशको विदेश नीतिको गलत व्यवस्थापनको आरोपमा अविश्वासको मतले देशको नेताको रूपमा पदच्युत गरिएको हो। खानले आफु यसरी पदच्युत हुनुको कारणमा अमेरिकाको हस्तक्षेप भएको आरोप लगाएका छन्।आफु अमेरिकाको बिरोधि नभएपनि आफ्नो देश पाकिस्तानलाई 'टिस्यु पेपर' को जसरी प्रयोग हुन नदिने प्रतिबद्दता जनाउंदै खानले आफु बिरुद्द अमेरिकाले षडयन्त्र गरेको आरोप लगाएका छन्। यद्दपी अमेरिकाले एक बिज्ञप्ती जारी गर्दै खानको प्रतिकृया सत्य नभएको दाबी गरेको छ।

सम्बन्धित सामग्री

पाकिस्तानका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीभन्दा उनका श्रीमती धनी

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ । निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको हो । पूर्वप्रधानमन्त्री इमरान खानसँग दुई लाख पाकिस्तानी रूपैयाँ पर्ने चारवटा बाख्रा छन् । अंशवण्डामा प्राप्त उनीसँग छ किसिमका सम्पत्ति छन् […]

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन्। गत हप्ता उनले संसद विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको थियो। अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको...

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भए

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास

२७ चैत, काठमाडौं । अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । विपक्षी दलहरुले उच्च महँगी र सुशासनलाई प्रमुख […]

इमरान खान पाकिस्तानको प्रधानमन्त्रीबाट च्यूत

पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन्। शनिबार अबेर राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन सकेनन् । विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्षमा आवश्यक मत परेको हो। ६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन्। यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भनेर मतदान प्रक्रिया […]

विश्वासको मत गुमाएपछि पदमुक्त भए इमरान खान

इस्लामावाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनीविरुद्ध परेको अविश्वासको प्रस्ताव सफल भएसँगै खान पदमुक्त भएका हुन्। पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए। अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन्। राष्ट्रिय संसदमा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै […]

इमरान खान भन्छन्, जनता सडकमा आउनु पर्याे

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुँदैछ । उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछ । ३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो । गठबन्धनका केही सांसदहरु सरकारको विपक्षमा उभिएका थिए । […] The post इमरान खान भन्छन्, जनता सडकमा आउनु पर्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.

युक्रेन संकटमा पाकिस्तानको भूमिका असफल

युक्रेन संकट शुरु हने बेला दक्षिण एसियाको पाकिस्तानका प्रधानमन्त्री इमरान खान रुस भ्रमणमा थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरे तर, युक्रेनबारे कुनै छलफल भएन । खानले मस्कोमा...

अफगानिस्तानमा गृह युद्वको खतरा छ : इमरान खान

एजेन्सी, ७ असोज । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा गृह युद्व हुनसक्ने औल्याएका छन् । उनले सञ्चारमाध्यम मंलगबार बीबीसँगको अन्तरवार्तामा यस्तो बताएका हुन् । तालिवानले अफगानिस्तानमा समावेशी सरकार बनाउन सफल नभए त्यहाँ गृह युद्व निम्तिन सक्ने बताएका थिए । उनले अन्तरवार्तामा भनेको विषयलाई सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘ढिलो अथवा चाँडो तालिवानले समावेशी सरकार बनाउन […]