काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएकाे दाेस्राे खेलमा बङ्ग्लादेशले माल्दिभ्सलाई हराएकाे छ ।
दशरथ रङ्गशालामा भएकाे खेलमा बङ्ग्लादेशले माल्दिभ्सलाई तीन–शून्य गाेलले हरायाे । आजै भएकाे पहिलाे खेलमा भारतले पाकिस्तानलाई तीन–शून्य गोलले हरायो ।
हिजो मङ्गलवारदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई चार–शून्य गाेलले हराउँदै विजयी सुरुवात गरेको छ ।
समूह 'ए' मा नेपाल, श्रीलङ्का र भुटान तथा समूह 'बी...