ज्ञापनपत्र बुझाएर महिलाहरूले मागे एम्बुलेन्स

रुकुम : रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका महिलाहरूले स्वास्थ्य संस्थामा तत्काल एम्बुलेन्स व्यवस्था गर्न माग गरेका छन्। गाउँपालिकाका आमा तथा गर्भवती महिलाहरूले सामुहिक रूपमा सिम्रुतु स्वास्थ्य चौकीका प्रमुख भीमबहादुर चन्दमार्फत गाउँपालिकासमक्ष माग पत्र पेस गरेका हुन्। मानव जीवनमा आधारभूत मानिएको स्वास्थ्य क्षेत्र सुधार नगरिँदा महिलाहर...

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठान जाने सडकमा खाल्डाखुल्डी

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य सडकमा भएका खाल्डाखुल्डीले एम्बुलेन्स नै दुर्घटनाको जोखिममा परेका छन् । धरान उपमहानगरपालिका–८ भोटेपुलबाट प्रतिष्ठान पुग्ने करीब २ किलोमिटर सडकमा बनेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ नै, दैनिक सयौंको संख्यामा अन्य सवारीसाधन समेत चलिरहँदा एम्बुलेन्सलाई सयममै बिरामीलाई अस्पतालसम्म पु¥याउन समेत कठिन हुने गरेको छ । अस्पताल पुग्ने प्रमुख रूट भएकाले लोकल सिटी सफारी, टेम्पो, मोटरसाइकल अत्यधिक कुद्ने गरेका छन् । खाल्डाखुल्डीकै बीच सवारीसाधन चलाउनुपर्दा दुर्घटनाको सम्भावना बढेकोे एम्बुलेन्स चालक मिलन राई बताउँछन् । बिरामी बोकेर हिँड्नुपर्ने व्यस्त सडकमा खाल्डाखुल्डी हुनु बिरामीसहित यात्रुका लागि समेत जोखिम भएको अर्का एम्बुलेन्स चालक श्याम गुरुङ बताउँछन् । ‘प्रतिष्ठान छिर्ने सडक जीर्ण हुँदा बिरामीले अत्यन्तै कष्ट भोग्नुपर्ने बाध्यता छ,’ उनले भने । प्रतिष्ठान जाने सडकमा खाल्डाखुल्डी परेको करीब ३ महीनाभन्दा बढी भइसकेको छ । दैनिक सयौंको संख्यामा बिरामी लिएर हिँड्ने सडकमै दुर्घटना गराउन सक्ने खाल्डाखुल्डी हुँदा पनि स्थानीय सरकारले चासो नदिएको गुनासो स्थानीयको छ । ‘खाल्डाखुल्डी छ भन्ने थाहा हुँदाहँुदै पनि कहिलेकाहीँ त बिर्सिइँदो रहेछ, मोटरसाइकल खाल्डामा परेपछि मात्र थाहा हुन्छ,’ स्थानीय हेमराज भुजेलले भने, ‘बिरामी लिएर साइरन बजाउँदै आएको एम्बुलेन्सलाई साइड दिने ठाउँ समेत हुँदैन ।’ सडक मर्मत सुधारमा स्थानीय सरकारले चासो नदेखाएपछि अहिले सामाजिक सञ्जालहरूमा पनि आलोचना हुन थालेको छ । प्रतिष्ठानकै प्रशासन शाखामा कार्यरत कर्मचारी महेश्वर राईले खाल्डाखुल्डीको फोटो पोस्ट गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । ३ महीनाअघि स्थानीयले प्रतिष्ठान जाने सडकको खाल्डाखुल्डी  पुर्न ध्यानाकर्षण गराउँदै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई ज्ञापनपत्र बुझाएका थिए । चौतर्फी विरोध हुन थालेपछि उपमहानगरपालिकाले खाल्डाखुल्डी पुर्ने काम ग¥यो । तर केही दिन नबित्दै सडकमा पुनः खाल्डाखुल्डी परेका छन् । सडक निर्माणको दायित्व सडक डिभिजन कार्यालयको भन्दै उपमहानगरपालिका र बीपी प्रतिष्ठान पन्छिने गरेका छन् । तर सडक डिभिजनले चासो नदिनु र स्थानीय सरकारले पनि ‘झारो टार्ने’ काम मात्र गरेकाले समस्या समाधान नभएको स्थानीय बताउँछन् । राष्ट्रिय राजमार्ग अन्तर्गत सडक पर्ने भएकाले बेरुजू हुने डरले बजेट विनियोजन नगरिएको धरान उपमहानगरपालिकाको भनाइ छ । उपमहानगरका अनुसार यो सडक निर्माणको जिम्मा सडक डिभिजन कार्यालयको हो । तर सम्बन्धित पक्षले ध्यान नपुर्‍याउँदा दिनप्रतिदिन जोखिम बढ्दै गएको छ ।

एम्बुलेन्स चालक आन्दोलित, हरेक १५ दिनमा पिसिआर गर्नुपर्ने माग

धनकुटा : असुरक्षित रुपमा एम्बुलेन्स चलाएर बिरामीको ओसारपसार गर्दा खतरा बढिरहेको भन्दै धनकुटाका एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन्।  एम्बुलेन्स चालकहरुले सोमबार धनकुटा जिल्ला प्रशासन कार्यालय धनकुटामा ज्ञापनपत्र बुझाउँदै सुरक्षा सामग्री र हरेक १५÷१५ दिनमा पिसिआर परीक्षण लगायत १० बुँदे माग गरेका छन्।  ए...

एम्बुलेन्स चालक असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग

दैनिकजसो कोरोना सङ्क्रमितको सम्पर्कमा आउने सिरहाका एम्बुलेन्स चालकले असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग गरेका छन् । कोरोना भाइरस सङ्क्रमितको ओसारपसार गर्ने एम्बुलेसन्सका चालकले आफूहरुको ज्यान जोखिममा परेको भन्दै स्वास्थ्य सुरक्षाका लागि सरोकारवालालाई गुहारेका हुन् । एम्बुलेन्स चालकहरुको संस्था सगरमाथा एम्बुलेन्स चालक एशोसिएशन सिरहाले स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो घरपरिवार छाडेर दिनरात कोरोना सङ्क्रमितसँगै अन्य बिरामीको ओसारपसार गर्दै आएका एम्बुलेन्स चालकहरु स्वास्थ्य सुरक्षा सामग्रीको अभाव, बास बस्ने उचित व्यवस्था नभएको र स्वच्छ तथा स्वस्थ्य खानाको समस्याका कारण त्रासमा रहेको ध्यानाकर्षण गराएको छ ।